एक हजार २९८ सरकारी जग्गामा भूमाफियाहरूको आँखा

126

चैत २९,
काठमाडौँ -सरकारी अधिकारीहरुका अनुसार भूमाफियाहरुले बालुवाटारमा रहेको लालिता निवासको ११३ रोपनी सरकारी जग्गा सहित अन्य ५ महत्वपूण पाँच स्थान र देशभर रहेका १ हजार २९८ सरकारी जग्गामा पनि बारम्बार भूमाफिहरुले आँखा लगाउँदै आईरहेका छन् । यो समाचार राजधानी दैनिकले “देशभरि अर्बौँ मूल्यका जग्गा हडपिएको सरकारी” भन्ने शीर्षकमा अग्रपृष्ठमा समाचार छापेको छ।

सरकारले २०२१ सालमा ललिता निवास लगायत ६ वटा राणाकालीन दरबार क्षेत्रका सबै जग्गा अधिग्रहण क्षतिपूर्ति दिएको थियो । त्यस पछि विभिन्न बहानामा ती जग्गाहरु हडपिने क्रम सुर भएको थियो ।

सरकारद्धारा ललिता निवासमा भएको जग्गाको हिनामिनाबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले २०२१ सालमा सरकार द्धारा अधिकरण गरिएका ललिता निवास वाहेक महावीर भवन नक्साल, हरिहर भवन ललितपुर, सीता निवास नक्साल, लक्ष्मी निवास महाराजगन्ज र बबरमहल कुरियागाउँका सयौँ रोपनी जग्गाहरु हडिपिएको हुन सक्ने भन्दै थप छानविन गर्न सरकारसमक्ष सिफारिस गरेको थियो ।

जनकपुरमा मन्दिरको जग्गा, नेपालगन्जमा सिक्टा सिँचाइ आयोजनाको जग्गा र काठमाण्डूमा शहरी विकास तथा भवन विभाग रहेको जग्गा व्यक्तिका नाममा दर्ता भएकोसँगै सरकारले भूमाफियाबाट हडपिएका सरकारी जग्गाको खोजी गर्न उच्चस्तरीय आयोग बनाउने समाचारहरू प्रकाशित भएका छन्।