हायात होटलमा सरकारी सम्पत्तिको लुट, हिनामिना जोगाउन राजनीतिक चलखेल

92

नेपाल समाचारपत्र,
चैत २७, काठमाडौं । तारागाउँ रिजेन्सी (हायात) होटलले सरकारी सम्पत्ति हिनामिना गरेको तथ्य लुकाउन राजनीतिक दाउपेज शुरू भएको छ । संसदीय समिति एवम् सरकारी छानविन समितिले तारागाउँ रिजेन्सी (हायात) होटलमा सरकारी सम्पत्ति हिनामिना गरेको प्रतिवदेन दिएपछि त्यसलाई तुहाउन राजनीतिक दाउपेज शुरू भएको हो ।
छानविन प्रतिवेदन चुहाउन पहिले नै चलखेल भए पनि त्यो सम्भव नभएपछि प्रतिवेदन कार्यान्वयन नगराउन राजनीतिक पहुँच प्रयोग गर्न थालिएको हो । यस कार्यका लागि सत्तारुढ नेकपाका नेताहरू नै परिचालित भएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार तारागाउँ रिजेन्सी (हायात) होटलको सल्लाहकार रहेका नेकपाका नेता एवम् पूर्वसामान्य प्रशासन राज्यमन्त्री जितु गौतम नेपालीले आफ्नो सुत्र प्रयोग गरिरहेको बताइएको छ । नेपालीले शुरूमा छानविन समितिलाई नै प्रभावित गर्न खोजेको भए पनि त्यो सफल नभएपछि प्रतिवेदनलाई रद्दीको टोकरीमा पु¥याउन प्रयास गरेको स्रोतको भनाइ छ ।
उल्लेख गरिएको छ । प्रतिवेदन लेखन गर्दै गर्दा नेता नेपालीले समितिका सदस्यहरूलाई प्रभावित गर्ने प्रयास गरेका थिए । यस विषयान नेता नेपालीलाई नेपाल समाचारपत्रले सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।