हावाहुरीबाट रौतहटमा एक वुद्धाको मृत्यु, करोडौंको क्षति

73
सांकेतिक तस्विर

चैत २६
रौतहट -मंगलबार बिहान ९ बजे आएको हावाहुरीबाट एक जनाको मृत्यु भएको छ । हावाहुरीले घरको छाना उडाउदा टाली खसेर चोट लागेपछि देवाही गोनाही नगरपालिका ३ मा ६० बर्षकी रामसखी देवी चमइनका मृत्यु भएको हो । रौतहटका एसपी भुपेन्द्र खत्रीले हावाहुरीबाट वुद्धाका मृत्यु संयोग मात्रै भएको बताए । घरको छाना उडाएपछि पानीमा भिजेर चिसो भई मृत्यु भएको हुनसक्ने उनको भनाइ छ ।

हावाहुरीसंगै असिनापानीबाट परोहा नगरपालिकाको १, २, ३ र ४ स्थित दलित बस्तीका पचास भन्दा बढी घरको छाना उडाएको छ । घरको छाना खस्दा रमौलीमा ६३ बर्षका तिलक सहनी घाइते भएकाा छन् । उनको गरुडामा उपचार भइरहेको छ । जिल्लाको विभिन्न स्थानहरुमा फल लागेका आँप र लिचीलाई निकै क्षति पु¥याएको छ भने इटाभटामा तयार पारिएको करोडौंको काँचो इटा नष्ट भएको बताइएको छ

देवाही गोनाही, गौर नगरपालिका, राजदेवी नगरपालिका, दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिका, राजपुर नगरपालिकासहितको स्थानीय तहका विभिन्न गाउँहरुमा हावाहुरीसंगै आएको असिनापानीले घर, अन्नबालीमा गहु, मकै, आप, लिचिलगायतको लागि निकै क्षति पुर्‍याएको जानकारी दिदै एसपी खत्रीले मातहतका प्रहरी युनिटबाट क्षतिको विवरण संकलन गर्ने भइरहेको बताए ।