विश्व बैंकको प्रक्षेपण अनुसार दक्षिण एसियामा ७ प्रतिशतको आर्थिक वृद्धि हुने, नेपाल तेस्रो स्थानमा

160

चैत २५,
काठमाडौँ–विश्व बैंकले सन् २०१९ मा दक्षिण एसियामा ७ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले भनेको छ, ‘दक्षिण एसिया तीव्र विकास भइरहेको क्षेत्र हो, यसले सन् २०१९ मा ७ प्रतिशतको बृद्धि गर्ने अनुमान छ ।’ सन् २०२० र २०२१ मा आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने पनि बैंकले प्रक्षेपण गरेको छ ।

तर, दक्षिण एसियाले आफ्नो वृद्धिलाई बचाइराख्न निर्यातमा बढी जोड दिनुपर्ने बैंकको क्षेत्रीय आर्थिक प्रतिवेदनमा उल्लेख छ । दक्षिण एसियामा नेपालको वृद्धिदर तेस्रो स्थानमा छ । सन् २०१९ मा सबैभन्दा बढी भारतले वृद्धि गर्नेछ । उसको वृद्धिदर साढे ७ प्रतिशत हुनेछ । दोस्रोमा बंगलादेश परेको छ । उसले यो वर्ष ७.३ प्रतिशतको आर्थिक बृद्धिदर गर्नेछ ।

तेस्रोमा परेको नेपालले ६ प्रतिशतको वृद्धि गर्ने विश्व बैंकको प्रक्षेपण छ । नेपालले सेवा क्षेत्र त्यसमा पनि पर्यटन क्षेत्रबाट फाइदा लिन सक्ने र यस्तै उत्पादन क्षेत्रले पनि आर्थिक वृद्धिमा सहयोग गरेको विश्व बैंकले भनेको छ । अफगानीस्तान भने दक्षिण एसियामा सबैभन्दा कम आर्थिक वृद्धि गर्ने देशमा परेको छ