एसईई प्रश्नपत्र आउट प्रकरण : पक्राउ परेका दुई प्रहरीसहित ६ जना सार्वजनिक

114

चैत २१
सप्तरी-एसईई परीक्षको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न दुई प्रहरी, एक शिक्षकसहित ६ जना आरोपीलाई सार्वजनिक गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

स्थानीय प्रहरीको सहयोगमा सीआएईवीले गरेको अनुसन्धानमा राजविराजका मनोज यादव, विष्णुदेव यादव, राजेश यादव, उमेश यादव, ब्रह्मदेव सुनरइत र दीपेन्द्र कुमार मण्डलले प्रश्नपत्र बाहिर्याउन भूमिका खेलेको पाइएको छ । आरोपीमध्ये मनोज शिक्षक हुन् भने ब्रह्मदेव र दीपेन्द्र कुमार प्रहरी जवान भएको बताइएको छ ।

चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुअगावै उनीहरुले विभिन्न सामाजिक सञ्जालमार्फत आउट गरेका थिए । प्रश्नपत्र आउट भएसँगै प्रदेश २ को एसईईका सम्पूर्ण परीक्षा रद्द गरिएको थियो ।

यो पनि पढ्नुहोस्ः

प्रदेश २ मा एसईई प्रश्नपत्र आउट हुनुमा प्रहरीकै संलग्नता

प्रदेश २ को स्थगित एसईई परीक्षा चैत्र २२ देखि २९ सम्म हुने

एसईई परीक्षा : ४ घन्टाभित्र देशभरको प्रश्नपत्र रुजु गर्न मन्त्रालयको निर्देशन

एसईई परीक्षा स्थगित भएपछि विद्यार्थीले गरे विद्यालय तोडफोड र नाराबाजी

प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ को बिहीबारको एसईई परीक्षा रद्ध, चार सदस्यीय छानबिन समिति गठन