भक्तपुर राजस्व कार्यालयका नासु घुससहित पक्राऊ

121

चैत १८,
भक्तपुर -आन्तरिक राजस्व कार्यालय भक्तपुरबाट घुससहित नायब सुब्बा पक्राऊ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजस्व कार्यालय भक्तपुरका नायब सुब्बा सविन सुवेदीलाई घुससहित पक्राऊ गरेको हो । नायब सुब्बा सविन सुवेदीले राजस्व समायोजन गरिदिने प्रलोवनमा सेवाग्राहीसंग रु। १५ हजार घुस रकम लिए लगत्तै अख्तियार टोलीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी बृत्त जगातीका अनुसार अख्तियारको टोलीले सुवेदीलाई आफ्नै कार्यकक्षमा रकम लिदै गर्दा नियन्त्रणमा लिएको हो ।