नेपालमा मौलाउदैं आफू अपहरणको नाटकः यस्ता छन् केही प्रतिनिधि घटना

61

चैत १७,
नयाँ नेपाल न्युज
काठमाडौं । आजभोली मानिसहरुको खराब नियतले प्रहरीलाई समेत अलमल हुन थालेको छ । पछिल्लो समय आर्थिक अवस्था बिग्रीएका र परिवारसंग भने जति पैसा माग्दा नपाएपछि अपहरणको नाटक गर्ने प्रवृत्ति बढ्न थालेको हो । यस्तो प्रकारका घटनाले प्रहरीलाई बिचलित बनाउने र साच्चै अपराध गर्नेलाई मौकाले मिल्ने भएकाले समयमा सोच्नु पर्ने समय आएको छ ।

दृश्य १ः
अपहरणको नाटक गर्दै छोरा र श्रीमानसँग फिरौती माग्दा,
अघिल्लो साल जेठ १९ गते झापामा एक महिलाले आफू अपहरणमा परेको नाटक गर्दै छोरासंग रु ३० लाख फिरौती मागिन् । छोराले कल्पनासम्म गरेको हुँदैन तर, झापामा भइदियो यस्तै । आफू अपहरणमा परेको नाटक गर्दै छोरा र श्रीमानसँग त्यति ठूलो फिरौती रकम माग्ने झापा बिर्तामोड नगरपालिका–५ निवासी बबिता बस्नेत र हाँडीखोला–७ मकवानपुर (हाल मनोहरी गाउँपालिका–४, निवासी विष्णुबहादुर गोतामेलाई प्रहरीले बिहीबार पक्राउ गरेसँगै आमाले छोरासँग फिरौती रकम मागेको रहस्य बाहिर आएको हो । श्रीमानले रु १० लाखमात्र दिने भनेपछि पैसाको समेत फोटो खिचेर पठाउन बबिता र गोतामेले फेसबुकमार्फत नै सूचना पठाएको प्रहरीले जनाएको छ । रकमको बन्दोबस्त गरेर फोटो पठाइदिएपछि पैसा लिने चाँजोपाँजो उनीहरुले मिलाए । पैसा लिन आउने गोतामेका भाञ्जा रहेछन् । अनुसन्धानका क्रममा भाञ्जाबाट उनीहरुको मोबाइल नम्बर पत्ता लगाएर उनीहरुलाई सर्लाहीको युनाइटेड होटलबाट प्रहरीले पक्राउ गर्यो ।

दृश्य २ः
आफै लुकेर अपहरणको नाटक,
रौतहटमा असोज ९ गते पिपरीया दोस्तिया गाविसका शिवपुजन यादवलाई आफ्नै अपहरणको नाटक गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । भोज खाएर फर्कने क्रममा दुईवटा मोटरसाइकलमा आएका युवाले यादवको अपहरण गरेको भन्दै आफन्तले प्रहरीमा खबर गरेपछि प्रहरीले उनको खोजी गरेको थियो । यादवले प्रयोग गरेको मोवाइल फ्रिक्वेन्सीको आधारमा उनलाई पक्राउ गरियो । यादवलाई गरुडा बैरीया गाविस नजिक रहेको झाँझपुल छेउमा लुकेर बसेको अवस्थामा प्रहरीले फेला पारेको थियो । उनी फेलापरेपछि आफ्नै अपहरणको नाटक खुलेको हो ।

दृश्य ३ः गोवा घुम्न जान आफ्नै अपहरणको नाटक
यहिँ फागुन ३ गते भारतको गोवा घुम्न जानका लागि आफ्नै अपहरणको नाटक गर्ने तीन युवालाई जनकपुरबाट पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जकपुरका अजयकुमार शाह र समसाद नादाफ तथा रौतहटका अरविन्द यादव रहेका छन् । अजयकुमारले भारतको गोवा घुम्न जाने पैसा जुटाउन आफ्नै अपहरण भएको नाटक गरी परिवारबाट पैसा असुल्न खोजेको पाइएको प्रहरीले जनाएको छ । गत माघ १५ गते अजय साथीको जन्मदिनको पार्टीमा जाने भन्दै घरबाट निस्किएका थिए । त्यसलगत्तै उनले आफू अपहरणमा परेको भन्दै १५ लाख रुपैयाँ फिरौती माग्न लगाएको प्रहरीले जनाएको छ । अजय अपहरणको अनुसन्धानकाक्रममा फोन कलको विवरण हेर्दा फिरौती माग्नेहरु नै अजयका साथीहरु रहेको पाइएपछि तीनैजनालाई फक्राउ गरिएको पनि प्रहरीले जनाएको छ ।

दृश्य ४ ः
प्रहरीको फन्दामा,
यहिँ फागुन १४ गते प्रहरीको अपराध महाशाखामा दार्चुलाको नौगाडका जयभानसिंह धामीलाई काठमाडौंबाट अपहरण भएको सूचना आयो । प्रहरीका अनुसार प्रारम्भमा अपहरणकारीले २३ लाख फिरौती मागिरहेको भन्ने सुनियो । प्रहरीले जयभान सिंह धामीलाई खोज्न थाल्यो । अन्ततः दार्चुलाको नौगाड गाउँपालिका–६ स्थायी घर भई काठमाडौं बस्दै आएका जयभान सिंह धामीलाई शनिबार प्रहरीले फेला पा¥यो । तर उनले आफू अपहरणमा नपरेको, अपहरणको नाटक मात्रै गरेका पुष्टि भयो ।

यस्ता मानिसहरुलाई कानुनको दायरमा ल्याएर कडा भन्दा कडा कारवाही गर्नु पर्ने देखिन्छ । त्यसपछि मात्र अपराधमा कमि आउने छ ।