Thursday, October 1, 2026
Home समाचार नेपालमा मौलाउदैं आफू अपहरणको नाटकः यस्ता छन् केही प्रतिनिधि घटना

नेपालमा मौलाउदैं आफू अपहरणको नाटकः यस्ता छन् केही प्रतिनिधि घटना

69

चैत १७,
नयाँ नेपाल न्युज
काठमाडौं । आजभोली मानिसहरुको खराब नियतले प्रहरीलाई समेत अलमल हुन थालेको छ । पछिल्लो समय आर्थिक अवस्था बिग्रीएका र परिवारसंग भने जति पैसा माग्दा नपाएपछि अपहरणको नाटक गर्ने प्रवृत्ति बढ्न थालेको हो । यस्तो प्रकारका घटनाले प्रहरीलाई बिचलित बनाउने र साच्चै अपराध गर्नेलाई मौकाले मिल्ने भएकाले समयमा सोच्नु पर्ने समय आएको छ ।

दृश्य १ः
अपहरणको नाटक गर्दै छोरा र श्रीमानसँग फिरौती माग्दा,
अघिल्लो साल जेठ १९ गते झापामा एक महिलाले आफू अपहरणमा परेको नाटक गर्दै छोरासंग रु ३० लाख फिरौती मागिन् । छोराले कल्पनासम्म गरेको हुँदैन तर, झापामा भइदियो यस्तै । आफू अपहरणमा परेको नाटक गर्दै छोरा र श्रीमानसँग त्यति ठूलो फिरौती रकम माग्ने झापा बिर्तामोड नगरपालिका–५ निवासी बबिता बस्नेत र हाँडीखोला–७ मकवानपुर (हाल मनोहरी गाउँपालिका–४, निवासी विष्णुबहादुर गोतामेलाई प्रहरीले बिहीबार पक्राउ गरेसँगै आमाले छोरासँग फिरौती रकम मागेको रहस्य बाहिर आएको हो । श्रीमानले रु १० लाखमात्र दिने भनेपछि पैसाको समेत फोटो खिचेर पठाउन बबिता र गोतामेले फेसबुकमार्फत नै सूचना पठाएको प्रहरीले जनाएको छ । रकमको बन्दोबस्त गरेर फोटो पठाइदिएपछि पैसा लिने चाँजोपाँजो उनीहरुले मिलाए । पैसा लिन आउने गोतामेका भाञ्जा रहेछन् । अनुसन्धानका क्रममा भाञ्जाबाट उनीहरुको मोबाइल नम्बर पत्ता लगाएर उनीहरुलाई सर्लाहीको युनाइटेड होटलबाट प्रहरीले पक्राउ गर्यो ।

दृश्य २ः
आफै लुकेर अपहरणको नाटक,
रौतहटमा असोज ९ गते पिपरीया दोस्तिया गाविसका शिवपुजन यादवलाई आफ्नै अपहरणको नाटक गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । भोज खाएर फर्कने क्रममा दुईवटा मोटरसाइकलमा आएका युवाले यादवको अपहरण गरेको भन्दै आफन्तले प्रहरीमा खबर गरेपछि प्रहरीले उनको खोजी गरेको थियो । यादवले प्रयोग गरेको मोवाइल फ्रिक्वेन्सीको आधारमा उनलाई पक्राउ गरियो । यादवलाई गरुडा बैरीया गाविस नजिक रहेको झाँझपुल छेउमा लुकेर बसेको अवस्थामा प्रहरीले फेला पारेको थियो । उनी फेलापरेपछि आफ्नै अपहरणको नाटक खुलेको हो ।

दृश्य ३ः गोवा घुम्न जान आफ्नै अपहरणको नाटक
यहिँ फागुन ३ गते भारतको गोवा घुम्न जानका लागि आफ्नै अपहरणको नाटक गर्ने तीन युवालाई जनकपुरबाट पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जकपुरका अजयकुमार शाह र समसाद नादाफ तथा रौतहटका अरविन्द यादव रहेका छन् । अजयकुमारले भारतको गोवा घुम्न जाने पैसा जुटाउन आफ्नै अपहरण भएको नाटक गरी परिवारबाट पैसा असुल्न खोजेको पाइएको प्रहरीले जनाएको छ । गत माघ १५ गते अजय साथीको जन्मदिनको पार्टीमा जाने भन्दै घरबाट निस्किएका थिए । त्यसलगत्तै उनले आफू अपहरणमा परेको भन्दै १५ लाख रुपैयाँ फिरौती माग्न लगाएको प्रहरीले जनाएको छ । अजय अपहरणको अनुसन्धानकाक्रममा फोन कलको विवरण हेर्दा फिरौती माग्नेहरु नै अजयका साथीहरु रहेको पाइएपछि तीनैजनालाई फक्राउ गरिएको पनि प्रहरीले जनाएको छ ।

दृश्य ४ ः
प्रहरीको फन्दामा,
यहिँ फागुन १४ गते प्रहरीको अपराध महाशाखामा दार्चुलाको नौगाडका जयभानसिंह धामीलाई काठमाडौंबाट अपहरण भएको सूचना आयो । प्रहरीका अनुसार प्रारम्भमा अपहरणकारीले २३ लाख फिरौती मागिरहेको भन्ने सुनियो । प्रहरीले जयभान सिंह धामीलाई खोज्न थाल्यो । अन्ततः दार्चुलाको नौगाड गाउँपालिका–६ स्थायी घर भई काठमाडौं बस्दै आएका जयभान सिंह धामीलाई शनिबार प्रहरीले फेला पा¥यो । तर उनले आफू अपहरणमा नपरेको, अपहरणको नाटक मात्रै गरेका पुष्टि भयो ।

यस्ता मानिसहरुलाई कानुनको दायरमा ल्याएर कडा भन्दा कडा कारवाही गर्नु पर्ने देखिन्छ । त्यसपछि मात्र अपराधमा कमि आउने छ ।