Sunday, October 11, 2026
Home सूचना प्रविधि फेसबुकले आफ्नै संस्थापक मार्क जुकरवर्गका पोस्टहरू डिलिट गरिदियो

फेसबुकले आफ्नै संस्थापक मार्क जुकरवर्गका पोस्टहरू डिलिट गरिदियो

120

एजेन्सी, चैत १७,
काठमाडौँ -फेसबुकले आफ्नै संस्थापक मार्क जुकरवर्गका पोस्टहरू डिलिट गरिदिएको छ। जुकरवर्गका सन् २००७ र २००८ का पोस्टहरू भुलवश् डिलिट भएको कम्पनीले जनाएको छ। कम्पनीका प्रवक्ताका अनुसार जुकरवर्गको फेसबुक वालबाट हटे पनि ती पोस्ट कम्पनीको ब्लग र न्युजरूममा भेटिन्छन्।
“प्राविधिक त्रुटिका कारण जुकरवर्गका केही पोस्ट डिलिट भए। तिनलाई फेरि रिकभर गर्न धेरै काम गर्नुपर्थ्यो,” फेसबुकका प्रवक्ताको भनाइ उद्धृत गर्दै सिनेट अखबारले लेखेको छ, “त्यो प्रक्रिया पूरा गरे पनि पोस्ट रिकभर हुने ग्यारेन्टी थिएन। त्यसैले हामीले प्रयासै गरेनौं।”

प्रवक्ताका अनुसार यसरी गल्तीवश् जुकरवर्गका कति पोस्ट डिलिट भए भन्ने यकिन छैन। तर धेरै संख्यामा डिलिट भएको हुनसक्ने उनको भनाइ छ। यो प्राविधिक त्रुटिको वास्तविक कारण पनि पत्ता लागिसकेको छैन। “यसरी एकाएक पुराना पोस्ट आफैं हराउँदा हामीलाई रेकर्ड राख्न गाह्रो हुन्छ,” कम्पनीले भनको छ। जुकरवर्गको फेसबुकबाट यी पोस्ट हटेको जानकारी सबभन्दा पहिले “बिजनेस इन्साइडरु ले पाएको थियो। यसरी फेसबुकबाट आफैं पोस्ट हराउने हो भने कम्पनीलाई निकै समस्या पर्ने सञ्चार विज्ञहरूले बताएका छन्।