चुनाव जिते हरेक घरलाई १० लिटर रक्सी उपलब्ध गराउने घोषणा

116

चैत १४,एजेन्सी,
काठमाडौँ -भारतका एक स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उम्मेदवारले आफुले चुनाव जितेमा सबै मतदाताको घरमा १०–१० लिटर रक्सी सित्तैमा दिने घोषणा गरेका छन् । भारतमा अहिले लोकसभा चुनावको माहोल बढ्दै गएकाधे छ । अहिले भारतमा उम्मेदवारहरुले आफ्ना मतदातालाई आकर्षित गर्नका लगि विभिन्न किसिमका अनौठो खालका अफर घोषणा गरिरहेका छन् ।

उनि पेशाले सूूचिकार रहेका ५५ वर्षका शेख दाउद तीरुपुर लोकसभा क्षेत्रबाट चुुनावमा उठेका छन् । उनले आफ्नो चुनावी घोषणापत्रमा विभिन्न १५ वटा बुँदा राखेका छन् । घोषणापत्रमा महिलाका लागि विशेष व्यवस्था गरिएको छ । आफुले चुनाव जितेमा निर्वाचत क्षेत्र भित्रका हरेक महिलालाई मासिक २५ हजार भत्ता दिने घोषणा पनि उनको छ । साथै उनले आफुले हरेक परिवारका लागि १०लिटर रक्सी दिने पनि घोषणा गरेका छन् । आफुले मानिसहरुलाई बिगार्नका लागि रक्सी बितरण गर्ने योजना नबनाएको भन्दै उनले पुड्डुचेरीको शुद्ध ब्राण्डी रक्सी औषधि जस्तै हुने हुनाले हरेक महिना रक्सी वितरण गर्ने उनको भनाइ छ ।

साथै उनले घोषणापत्रमा हरेक परिवारका एक जनालाई सरकारी जागिर दिने, हरेक छोरीलाई बिहेको बेला १० वटा सुनका सिक्का र १० लाख नगद दिने जस्ता घोषणा पनि गरेका छन् ।