वैशाखदेखि न्यूरोड क्षेत्रमा ‘स्मार्ट पार्किङको’ सुविधा, मोबाइलबाटै पार्किङ ठाउँ सुनिश्चित गर्न सकिने

108

चैत १४,
काठमाडौँ -आगामी वैशाखदेखि न्यूरोड क्षेत्रका आसपासका पाँच स्थानमा ‘स्मार्ट पार्किङ’ शुरु हुन लागेको छ । उत्त योजना काठमाडौँ महानगरपालिकाले ब्हिल्स ट्रलीयोर्स प्रालिसँगको सहकार्यमा गर्न लागेको हो ।

न्यूरोड क्षेत्रका आसपासका क्षेत्रमा सवारीको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सो क्षेत्रमा समस्या भएपछि यस किसिमको व्यवस्था गर्न लागिएको हो । वैशाखदेखि न्यूरोड क्षेत्रको रामेश्वर मिठाई पछाडिको भाग, विशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङ शुरु हुनेछ । ती स्थानमा एक पटकमा करीब ८०० मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने छ ।

न्यूरोड जानुअघि उपभोक्ताले मोबाइलबाटै कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ सुनिश्चित गर्न सक्छन् । त्यस ठाउँको व्यवस्थापनका लागि ‘गोप्रो’ क्यामरासहितका पार्किङ सहयोगी राखिनेछन् । उनीहरुसँग भएको क्यामराले त्यस क्षेत्रमा भएका गतिविधि आवाजसहित अभिलेख गरेर राख्छन् ।

ती क्षेत्रमा पार्किङ गर्दा दुई पाङ्गे सवारीकालागि प्रतिघण्टा कर बाहेक रु २०, चार पाङ्ग्रेका लागि प्रतिघण्टा रु ५० र ६ पाङ्ग्रे वा सोभन्दा माथिका लागि प्रतिघण्टा रु २०० शुल्क लाग्नेछ ।यसरी सङ्कलन गरिएको रकमबाट सञ्चालकले महानगरलाई राजश्व बुझाउनेछन् । ‘स्मार्ट पार्किङको सेवा शुरु भए पछि सवारी साधनको अत्यधिक चाप व्यवस्थापन हुनुको साथै सो क्षेत्रमा पार्किङको समस्या समेत अनत्य हुने छ ।