पर्यटनले जगाएको आशा

77

नेपाल समाचारपत्र
चैत ११,
काठमाडौं । नेपालमा कृषि र जलविद्युत्सँगै पर्यटन क्षेत्रले देशको आर्थिक विकासमा टेवा पु¥याउँदै आएको छ । अर्थतन्त्रको दिगो स्रोत मानिएको आन्तरिक पर्यटनको प्रवद्र्धनले पछिल्लो समय आशा जागृत हुँदै गएको छ । चितवनको खैरहनी नगरपालिकाअन्तर्गत पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनले वार्षिक २ लाख पर्यटक भित्र्याएर २ करोड रुपियाँ आम्दानी गर्न सफल भएको छ । हात्ती सयर, जिप सफारी, डुंगा सयरजस्ता सुविधा प्रदान गरेर सो वन आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । सौराहा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु कुमरोज वनमा सफारी गर्नु अनिवार्यजस्तै बनेको छ ।

गत एकवर्षमा १ लाख ९२ हजार पर्यटकले भ्रमण गरेबाट पर्यटन पूर्वाधार हुने हो भने सामुदायिक वन पनि पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्दो रहेछ भन्ने दृष्टान्त सो वनले प्रस्तुत गरेको छ । पर्यापर्यटनबाट आर्जित आम्दानीबाट वनले पूर्वाधार निर्माण, वन पैदावार संरक्षण तथा स्थानीय समुदायलाई वनसँगको निर्भरता हटाउन आयआर्जनको काम गर्दै आएको छ । पछिल्लो समय घरबास (होमस्टे) पनि पर्यटक आकर्षण गर्ने माध्यम बन्दै आएको छ । सो वनले आवासीय सुविधासहितको मचान (टावर) पनि सञ्चालन गर्दै आएको छ ।