बीमाले स्वास्थ्यमा जनताको पहुँच वृद्धि

92

चैत ९,
कास्की । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले बीमा कार्यक्रममार्फत जनताको स्वास्थ्य क्षेत्रमा पहुँच बढेको बताउनुभएको छ । सङ्घीय प्रेस फोरमले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई अझ विस्तार गर्दै सम्पूर्ण नेपालीमा सहज र सर्वसुलभरुपमा स्वास्थ्य सेवा पु¥याउन सरकारले काम गरिरहेको बताउनुभयो । स्वास्थ्य सुविधा प्रभावकारी बनाउन देशमा कम्तीमा २१ हजार चिकित्सकको आवश्यकता रहे पनि हाल एक हजार ४०० जनाबाट सेवा लिनुपर्ने बाध्यता रहेको मन्त्री यादवले बताउनुभयो ।
उहाँले भन्नुभयोे, “हामीकहाँ डाक्टर, अस्पताल र उपकरण अत्यन्त न्यून छन्, एकैपटक आवश्यकता पूरा गर्न सकिदैन, क्रमशः सामथ्र्य बढाउँदै लैजाने योजना सरकारको छ ।” सङ्घीय समाजवादी फोरमका अध्यक्षसमेत रहनुभएका मन्त्री यादवले राष्ट्रिय जनता पार्टीसँग पार्टी एकताका लागि ढोका खुला भएको र एकतापछि सरकारमा रहने नरहने भन्नेबारेमा एकीकृत पार्टीले निर्णय गर्ने बताउनुभयो । -रासस