चैत ८
विराटनगर : साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलको ३३ औं मिनेटमा नेपाल र भारतले १–१ बराबरी गरेका छन् । भारतले २४ औं मिनेटमा फ्रिकिकमार्फत् गरेको गोल नेपालले ३३ औं मिनेटमा फर्काएको हो । भारतकी जालीमा छिपरले फ्रिकक गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।
३३ औं मिनेटमा हेड गोल गर्दै सावित्रा भण्डारीले १–१को बराबरी बनाएकी हुन् ।
नेपाली महिला टिमका लागि घरेलु भूमिमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । खेलाडीलाई घरेलु मैदान र दर्शकको साथ छ । कप्तान निरु थापाका अनुसार प्राविधिक रूपमा अहिलेको टिम उत्कृष्ट पनि छ । यो साफका तीनै खेलमा गोल गरेकी सावित्रा भण्डारीलाई दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड मानिन्छ ।