चैत १,
काठमाडौँ राहदानी विभागले कार्यालय समय १ घण्टा थप गरेको छ ।
विभागले सेवाको गुणस्तर र ग्राहकको चापलाई केन्द्रित गरेर कामको प्रभावकारिता बढाउन कार्यालयको समय थप गरेको बताएको छ । अब कार्यालय २०७५ चैत १ देखि ९ बजे खुल्ने र ५ बजे बन्द हुने भएको छ भने यस अघि १० बजे खुलेर ५ बजे बन्द हुर्दै आएको थियो ।
आइतबारदेखि बिहिबार सम्म ९ बजे देखि ५ बजे सम्म खुल्ला रहने छ भने शुक्रबार ३ बजे सम्म काम हुनेछ । सेवा समय विस्तार भएको पहिलो दिनदेखि नै राहदानी सम्बन्धी सबै प्रकारका सेवा लिन सक्ने विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए । थपिएको समयले सेवाग्राहीले छिटो छरितो सेवा र गुणस्तरीय सेवा पाउने महानिर्देशक खड्काले विश्वाश ब्यक्त गरेका छन् ।
साथै विभागले राहदानीबाहकलाई राहदानको प्रयोगमा सजगता अपनाउन पनि जानकारी गराएको छ । राहदानी पट्याउने केरमेट गर्नाले अबैध हुन सक्ने भन्दै प्रयोगमा सावधानी अपनाउन अनुरोध गरेको छ । नेपाल सरकारले जिल्ला प्रशासन कार्यालयहरु,राहदानी बिभाग र विदेश स्थित कुटनैतिक नियोगहरुबाट राहदानी वितरण गर्दै आएको छ ।