युवती गायबः नेकपाका नेता गुरुङ पक्राउ

78

फागुन २५,
बेलबारी । मोरङको बेलबारी ४ की २६ बर्षिया महिला रमिला राई एक सातादेखि गायब भएपछि सोही घटनाको अनुसन्धानका लागी नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङ पक्राउ परेका परेका छन । पुर्वेली न्युज लेख्छ, यहि फागुन १७ गतेबाट हराईरहेकी युवती अहिले सम्म नभेटिएपछि बेलबारी प्रहरीले अनुसन्धान गर्ने क्रममा गुरुङलाई नियन्त्रणमा लिएको हो । केही दिनदेखि गुरुङ समेत बेलबारी छोडेर सम्पर्कबिहिन भएपछि प्रहरी उनको पछि लागेको थियो । उनलाई शुक्रबार पक्राउ गरिएको बताईएपनि ईलाका प्रहरी कार्यलय बेलबारीका ईन्स्पेक्टर रामकुमार राईले सो कुराको पुष्टि गरेन्न । उनले अहिले केही बोल्न नमिल्ने र पत्रकार सम्मेलन गरी सबै कुरा बताउने जनाएका छन । प्रहरीले शुक्रबार गुरुङले प्रयोग गर्दै आएको बा।१५ प ७९१६ नम्बरको कार घरबाटै नियन्त्रणमा लिएको छ । युवती हराएको रात उनीहरु सँगै रहेको र एकाएक उनी गायब भएपछि महिलाका परिवारले खोजीका लागी प्रहरी गुहारेको थियो । पहिलो श्रीमान सँग सम्बन्ध बिच्छेद गरेर ती महिला माईतीघरमा बस्दै आएकी थिईन । गुरुङका भने श्रीमती र छोराहरु काठमाण्डौमा बस्दै आएका छन । उनी नेकपा एमालेका पुर्ब बेलबारी अध्यक्ष समेत हुन ।