नेपाल सरकार र सीके राउतबीच ११ बुँदे सहमति

63

फागुन २४,
काठमाडौँ नेपाल सरकार र सीके राउतको नेतृत्व गरेको स्वतन्त्र मधेश गठबन्धनले ११ बुँदे राजनीतिक सहमति गरेका छन्। त्यो सहमतिअनुसार पृथक्तावादी अभियान चलाउँदै आएको सो समूहले नेपालको अखण्डतालाई स्वीकार्ने र संविधानअनुसार लोकतान्त्रिक विधि पालना गर्ने भएको छ। सरकारले पनि सो गठबन्धनका नेता तथा कार्यकर्ताविरुद्ध लागेका मुद्दा फिर्ता गर्ने भएको छ। थुनामा भएका सो समूहका कार्यकर्ता र समर्थकलाई निस्शर्त रिहा गरिने पनि सहमतिमा उल्लेख छ। प्रधानमन्त्री केपी शर्माको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापाले नेपाल सरकारका तर्फबाट र राउतले आफ्नो गठबन्धनबाट सो राजनीतिक सहमतिमा हस्ताक्षर गरेका छन्। सहमतिमा हस्ताक्षरमा गरेपछि राउतले नेपालका जनताका लागि यो खुसीको कुरा भएको र यो ऐेतिसाहिक पल भएको टिप्पणी गरे।