Wednesday, October 7, 2026
Home समाज टीकापुरमा बाघ आक्रमण, प्रहरीसहित दुई घाइते

टीकापुरमा बाघ आक्रमण, प्रहरीसहित दुई घाइते

502

फागुन २३
टीकापुर स् कैलालीको टीकापुरमा बाघको आक्रमणबाट प्रहरीसहित दुईजना घाइते भएका छन्।बिहीबार बिहान टीकापुर(१ ब्लक न ९ मा आएको बाघलाई घेरा हाल्ने क्रममा ट्राफिक प्रहरी र एक स्थानीय बालक घाइते भएका हुन्। स्थानीय गोपाल साउदको अरहर बारीमा पसेको बाघलाई प्रहरीले घेरा हालेका थिए। बाघले झम्टिँदा ट्राफिक प्रहरी देविभक्त धिताल र बालक सम्राट शाह घाइते भएको प्रहरीले जनाएको छ। बर्दिया रास्ट्रिय निकुञ्जबाट वनको टोली बोलाइको टीकापुर नगर पालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बताए। घना वस्ती रहेको ठाउँमा बाघ देखिएपछि स्थानीय त्रसित बनेका छन्।