नेपाल समाचारपत्र
फागुन २०, काठमाडौ । युवा स्वरोजगार कोषबाट रकम लिई कालो सूचीमा परेका तरकारी तथा फलफल सहकारी महासघंका केन्द्रिय अध्यक्ष, जिल्ला सहकारी संघका अध्यक्ष समेत रहेका धुलिखेल नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष विनोद पराजुली विरुद्ध अख्तियारमा उजुरी परेको छ । अध्यक्ष पराजुली कालो सूचीमा रहँदा रहँदै वडा अध्यक्षको उम्मेदवार भई निर्वाचित भएका थिए । जिल्ला सहकारी संघमा अध्यक्ष समेत रहेका पराजुलीले सहकारी संघबाट स्मारिका प्रकाशन, कम्प्युटर खरिद, कार्यक्रमका नाममा नक्कली कागजात तयार गरी ३५ लाख भन्दा धेरै रकम अनियमितता गरेका छन् भने मन्त्रालयबाट प्राप्त सहकारी बजार विकास कार्यक्रमको ७६ लाख रकम ब्यक्तिगत खातामा जम्मा गरेका छन् ।
सचिव दिलिप शर्मा, सदस्य ठाकुरनाथ अधिकारी समेतको मिलमत्तोमा अध्यक्ष पराजुलीले रकम अनियमितता गरेको समाचार प्रकाशन भए लगत्तै बैठकमा कोषाध्यक्ष रामकृष्ण अधिकारीले छानविनको माग गर्दा कोषाध्यक्ष कुटाईबाट जोगिएका छन् । नेकपाका नेता समेत रहेका राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडाल, पुर्व राज्य मन्त्री सुर्यमान दोङ्ग, नारायण पाण्डे, सहकारी मन्त्रालयका कर्मचारीहरुको समेत अनियमितता जोगाउन दबाब परेको छ । समाचार प्रकाशन पछि पत्रकार प्रदिप केसीलाई संचालक राजन शाक्यले आक्रमणको प्रयास गरेका छन् । सहकारी संघमा भएको अनियमितता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।











