Tuesday, September 29, 2026
Home राजनीति सभापति देउवाद्वारा नेता अधिकारीको निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा नेता अधिकारीको निधनप्रति दुःख व्यक्त

67

फागुन १९
काठमाडौँ, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको निधनले आफूलाई दुःखित तुल्याएको बताउनुभएको छ । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत पुराना नेता श्रद्धेय अधिकारीको बिदाइसँगै मुलुकले एक असल र अनुभवी राजनीतिज्ञ गुमाएको र आफूले व्यक्तिगत रुपमा एक सहृदयी मित्र गुमाएको बताउनुभयो ।

‘पञ्चायतको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि अनवरत सङ्घर्षमा उहाँको भूमिकासँगै यो क्षण म राजनीतिक सहकार्यको संस्कृति निर्माणमा उहाँले पु¥याउनु भएको योगदान स्मरण गरिरहेको छु,” विज्ञप्तिमा भनिएको छ । सभापति देउवाले नेता अधिकारीको निधनप्रति व्यक्तिगत एवं पार्टीका तर्फबाट गहिरो शोक व्यक्त गर्दै नेकपा पार्टी र उहाँको परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । पूर्वउपप्रधानमन्त्रीसमेत रहुनभएका नेता अधिकारीको उपचारका क्रममा शनिबार राति काठमाडौँमा निधन भएको थियो ।