Tuesday, September 22, 2026
Home स्वास्थ्य भरतमोहन अधिकारीको अवस्था गम्भिर, भेन्टिलेटरमा राखेर उपचार

भरतमोहन अधिकारीको अवस्था गम्भिर, भेन्टिलेटरमा राखेर उपचार

101

फागुन १७
काठमाडौँ -नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई भेन्टिलेटरमा राखिएको छ । अधिकारको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बिहीबारदेखि भेन्टिलेटरमा राखिएको नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं ५ बाट निर्वाचित प्रदेशसभा सदस्य नारायण सिलवालले बताए । अस्पताल स्रोतका अनुसार अधिकारीको अचेत अवस्थामा उपचार भइरहेको छ ।

अधिकारीको अवस्था गम्भिर भएपछि सिक्किम र दुबईमा रहेका छोरीहरुलाई काठमाडौं झिकाइएको छ । अधिकारीको उपचारमा डा. भगवान कोइराला,अर्जुन कार्की लगायतका वरिष्ठ चिकित्सक संलग्न रहेको ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीले बताए ।पुस २३ देखि अस्वस्थ भएर शुरुमा मेटिसिटीमा अस्पतालमा भर्ना गरिएका अधिकारीको उपचारमा लापरवाही भएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।