Monday, September 28, 2026
Home राजनीति निर्मलाकी आमा दुर्गादेवीलाई देउवाको आश्वासन–’ढिलो चाँडो अपराधी पत्ता लाग्छ’

निर्मलाकी आमा दुर्गादेवीलाई देउवाको आश्वासन–’ढिलो चाँडो अपराधी पत्ता लाग्छ’

93

फाल्गुन १७,
कञ्चनपुर -पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई भेटेका छन् । शुक्रबार भीमदत्त नगरपालिका-२ उल्टाखामस्थित घरमा निर्मलाकी आमालाई भेटेर हत्यारा पत्ता लगाउन सक्दो पहल गर्ने आश्वासन दिएका हुन् । भीमदत्त नगरपालिका-२ उल्टाखामस्थित घरमै पुगेर निर्मलाकी आमा दुर्गादेवीलाई भेट्दै पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा । ‘ढिलो चाँडो हत्यारा पत्ता लाग्छ, कांग्रेसले पहल गरिरहेको छ,’ निर्मलाकी आमा दुर्गादेवी पन्तसँगको भेटमा देउवाले भने, ‘बलात्कारपछि हत्या जस्तो जघन्य अपराधका दोषीलाई छाड्ने कुरै हुँदैन।’ उनले हत्यारा पत्ता लाग्ने कुरामा ढुक्क हुन आग्रह गरे।