मन्त्री अधिकारीसहित सातै जनाको शव लिएर सेनाको हेलिकोप्टर राजधानी प्रस्थान

77

फागुन १६
सुकेटार -सुकेटार विमानस्थलमा मौषम सुधार भएपछि शवहरु राजधानी पठाइएको छ । हिमपातका कारण बुधबार भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको शव काठमाडौँ लैजान समस्या भएको थियो । १२ बजे लगत्तै मौषममा सुधार आएपछि अहिले सातै जनाको शव लिएर नेपाली सेनाको हेलिकोप्टर विमानस्थलबाट राजधानीका लागि उडेको छ । अबको केही समयमै शव राजधानी आईपुग्नेछ ।