Friday, September 18, 2026
Home स्वास्थ्य स्वास्थ्य चौकीलाई चार रोपनी जग्गादान

स्वास्थ्य चौकीलाई चार रोपनी जग्गादान

342

जेठ ९,
पाल्पा । रामपुर नगरपालिका–८ मा रहेको खालीवन स्वास्थ्य चौकीलाई चार रोपनी जग्गा दानस्वरुप प्राप्त भएको छ । यहाँका दुई घरपरिवारबाट चार रोपनी जग्गादान स्वास्थ्य चौकीलाई गरिएको हो । वडा नं ८ को कालीगण्डकी करिडोर नजिकै कुमराङमा रहेको रु ४० लाख बराबरको जग्गा स्वास्थ्य चौकीको नाममा पास भएको छ ।

कुमराङ बस्ने स्व झगरसिं रानाको स्मृतिमा श्रीमती टुकीसरा राना, छोरा प्रेमबहादुर रामजाली, टेकबहादुर रामजाली, गमबहादुर रामजाली, पूर्णबहादुर रामजाली र रुपबहादुर रामजालीसहित रामजाली परिवारले रु २५ लाख मूल्य पर्ने दुई रोपनी छ आना जग्गादान गरी मालपोत कार्यालय, रामपुरमा रजिष्टे«शन पास गरी दिनुभएको छ । त्यसैगरी, कुमराङ बस्ने स्व खड्गसिं ठाडामगरको छोरा खेमबहादुर ठाडा र बुहारी भुवानीसरा ठाडामगरले रु १५ लाख मूल्य बराबरको एक रोपनी १० आना जग्गादान गरी स्वास्थ्य चौकीको नाममा पास गर्नुभएको खालीवन स्वास्थ्य चौकीका प्रमुख सुभाष अधिकारीले जानकारी दिनुभएको छ । मानव जीवनका लागि स्वास्थ्य सेवामा महत्वपूर्ण सहयोग वास्तविक मानव सेवा हुने भन्दै दुवै परिवारले अमूल्य जग्गादान गरी रजिष्टे«शन पास गरी दिनुभएकोमा स्वास्थ्य चौकीको लागि गर्नुभएको सहयोगलाई सही सदुपयोग गर्ने बताउँदै दानदातालाई प्रमुख अधिकारीले धन्यवाद दिनुभएको छ ।