कांग्रेसले जबर्जस्ती आफ्नो पार्टीको झण्डा प्रयोग गर्‍यो : नयाँ शक्ति

79

फागुन १४,
रसुवा -नयाँ शक्ति पार्टी रसुवाले कांग्रेसले अनाधिकृत रुपमा आफ्नो पार्टीको झण्डा प्रयोग गरी पार्टी प्रवेशको झुटो नाटक मन्चन गरेको भन्दै आपत्ति जनाएको छ । कांग्रेस रसुवा जिल्ला कार्यसमितिले कालिकास्थानमा सोमबार आयोजना गरेको कार्यक्रममा आफ्नो पार्टीको झण्डा प्रयोग गरी फुर्वावाङ्दी तामाङलाई पार्टी संयोजकको रुपमा प्रचार गरेको प्रति नयाँ शक्तिले आपत्ति जनाएको हो । फुर्वावाङ्दी तामाङ नयाँ शक्ति पार्टीको संघीय परिषद् सदस्य मात्र भएको नयाँ शक्ति रसुवाले स्पष्ट पारेको समाचार नयाँ पत्रिकामा लेखिएको छ ।

नयाँ शक्ति रसुवाको आधिकारिक पार्टी संयोजकसहित जिल्ला कमिटी यथावत रहँदा रहँदै नयाँ शक्तिका केही व्यक्ति कांग्रेसमा प्रवेश गरेको विषयलाई कांग्रेसले झुटो प्रचार गरेको नयाँ शक्ति रसुवाको आरोप छ । कांग्रेसको यस्तो कदमले जनमानसमा भ्रम छरेको भन्दै यसले बहुदलीय प्रजातन्त्रको खिल्ली उडाउने काम गरेको नयाँ शक्ति पार्टी रसुवाका संयोजक दावा तामाङद्धारा सामाजिक संजालमार्फत जारी विज्ञप्तीमा उल्लेख छ ।