पूर्वमन्त्री दीपक बोहरासहितका नेताहरू राप्रपा प्रवेश

122

फागुन १२,
काठमाडौँ -राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादी पार्टी एकीकरण भएपछि असन्तुष्ट रहेका पूर्वमन्त्री दीपक बोहरासहितका नेताहरू कमल थापा नेतृत्वको राप्रपा प्रवेश गरेका छन् । आइतबार बानेश्वरमा आयोजित एक कार्यक्रममा बोहरासहितका नेताहरूलाई अध्यक्ष कमल थापाले पार्टी प्रवेश गराएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । राप्रपामा बोहरासहित तत्कालीन राप्रपा प्रजातान्त्रिकका कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रवक्ता प्रदीप उदय, सहायक महामन्त्रीद्वय बिन्दु पहाडी र राजेन्द्र श्रेष्ठ तथा केन्द्रीय सदस्यहरू दीपक राई, ताहिर अली, मीना स्वर्णकार, सुरेन्द्र केसीलगायत प्रवेश गरेका छन् ।