सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम, माग पुरा नभए सामूहिक राजीनामा दिने

131

फागुन १२,
काठमाडौं । सरकारी चिकित्सक संघले माग सम्बोधनको लागि सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । कर्मचारी समायोजनमा चिकित्सकलाई संघमा राख्न पर्ने माग चिकित्सक संघको छ। आज आइतबारदेखि लागू गरिएको अल्टिमेटममा ७२ घण्टा सम्ममा पनि माग पुरा नभए देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने, साथै अझै पनि माग सम्बोधन नभएमा सामूहिक राजीनामा दिने चिकित्सक संघ जनाइएको छ । कर्मचारी समायोजनमा सरकारी चिकित्सकलाई संघ अन्तर्गत राखेर देशभर स्वास्थ्य सेवामा खटाउनु पर्ने सरकारी चिकित्सक संघको माग राखेको छ।तर सहमतिअनुसार माग पूरा नभएको भन्दै माघ २७ गतेदेखि सरकारी चिकित्सक संघले दोस्रो आन्दोलन सुरु गरेको हो।