नेकपाको राजनीतिक प्रतिवेदन गायब

92

समाचारपत्र दैनिक /मधुसूदन रायमाझी,
फागुन १, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र राजनीतिक प्रतिवेदनको खोजी सुरु भएको छ । स्थायी समिति बैठकमा अध्यक्षद्धयले पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जन सहित प्रकाशित गर्ने निर्णय भएको थियो । तर स्थायी समिति बैठकले निर्णय गरेको एक महिना वितिसक्दा पनि राजनीतिक प्रवेदन सार्वजनिक हुन सकेको छैन । गत मंसिर २९ गतेबाट सुरु भएको स्थायी समितिको बैठक पुस ९ गते सकिएको थियो । बैठकले अध्यक्षद्धयले पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जन गर्न सुझाव दिएको थियो । सुझावलाई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वीकार गर्नुभएको थियो । स्थायी समिति बैठकले गरेको निर्णय अनुसार राजनीतिक प्रवेदन सचिवालयमा पेश गर्नुपर्ने भएपछि अध्यक्षद्धयले प्रतिवेदनलाई अझै पूर्णता दिन सक्नुभएको छैन । सचिवालयका एक सदस्यका अनुसार अध्यक्षद्धयको कार्यव्यस्ताको कारण राजनीतिक प्रतिवेदनमा समावेश गर्नुपर्ने विषयहरु अझै समावेश हुन सकेको छैन, जसको कारण राजनीतिक प्रतिवेदन प्रकाशित हुन सकेको छैन् ।