-राजकुमार लामिछाने ‘प्रिन्स’
जुन प्रेम इतिहासको पानामा लेख्न चाहन्थे
जस्को आँखाबाट भबिस्य देख्न चाहन्थे
त्यही प्रेम इतिहास भैदियो
आँखा त उस्ले खोलेर गै
तर सिर्फ आँसु रहिदियो ।
साथिभाइ भन्छन बिर्सिदे अब त्यो पल
सम्झी भन्छ्न जिबनको थ्यो सिर्फ एक छल
तर कसरी बिर्सु म कसरी बुझाउ यो मन र ?
त्यही एक पल नै त थ्यो मेरो सारा जीवन
बाहिर म ठिक छु हाँसिरहेकै छु
तर आँधी चलिरेको छ भित्र भित्र
बाहिर त छ संसार अर्कै मेरो
तर मनभरी बांकी छ उस्कै चित्र
अरे यार क्या छ यो खेल
क्या छ यो संसार बिचित्र
उहीँ एक्लो हुन्छ यहाँ
जस्को छ माया पबित्र
मन, मुटु ,माया, भावना
बस दुइदिने ख्यालठट्टा
लहडको एक चाहाना
मात्र समय बिताउने बाहाना
दुई आत्माको मेल
जालझेल
बस
गुडियाको खेल
धत !
प्रेम शब्दको
यो हबिगत !
रोमियो जुलियट मुनामदन रटेर
प्रेमकै गला रेट्ने मेरी मायालु
एउटासँग बाचाकसम खादै
अर्कै जिबनसाथी भेट्ने मेरी मायालु
के तिमी प्रेम दिबस मनाउने आँट गर्दै छौ ?
के तिमी मैले दिएको त्यो गुलाबि रंग अर्कैलाई छर्दै छौ ?
वाह रे दुनिया तेरो उन्माद
वाह प्रेम क्या बात ।
चाँगुनारायण- ६, भक्तपुर ।