रुकुमकोटमा कर्फ्यू

83

कान्तिपुर दैनिक / हरि गौतम
माघ २१, रुकुम पूर्व । जिल्ला प्रशासन कार्यालयले रुकुमकोटमा कर्फ्यू जारी गरेको छ । स्थायी सदरमुकाम गोल्खाडा कायम गर्ने सरकारको निर्णय कार्यान्यनको मागसहित गोल्खाडा पक्षधरले रुकुमकोटमा र्‍याली तथा सभा गरी छाड्ने अडान लिएपछि प्रशासनले रुकुमकोटको ठूलो भूगोल समेटेर निषेधाज्ञा जारी गरेको हो । आइतबार बेलुकी ७ बजेटबाट सुरु भएको कर्फ्यू अनिश्चितकालका लागि भएको जनाइएको छ । प्रशासनले अनुरोध गर्दागर्दै विवाद नटुंगिएपछि घटनाक्रम बढ्न नदिन र शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ को दफा ९६० को उपदफा ९३० अनुसार अर्को आदेश नभएसम्मका लागि चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।

उनका अनुसार पूर्वमा सिस्ने गाउँपालिका–५ धौलापैरा खोला, पश्चिममा सिस्ने गाउँपालिका–५, रानीकोट उत्तरमा सिस्ने गाउँपालिका–६, को रुकुमगाड हुँदै धाउनेको पाटीघट्टसम्म, दक्षिणमा सिस्ने–५, को रुमालबारा हुँदै सहिदपार्कसम्म कफ्र्यु आदेश जारी गरिएको छ ।तोकिएको चार किल्लामा अर्को सूचना नआएसम्म कुनै किसिमको विरोध प्रदर्शन, सभा जुलुस र भेला गर्न गराउन निषेध गरिएको प्रजिअ शर्माले बताए । गोल्खाडा सदरमुकाम कायम हुनुपर्ने पक्षधरले भोली २२ गते रुकुमकोटमा शान्तिपूर्ण र्‍याली तथा सभा गर्ने तयारी गरिरहेको छ भने रुकुमकोट पक्षधरले कुनै पनि हालतमा कार्यक्रम हुन नदिने बताउँदै आएका छन् ।