निबन्धः पहिलो पाठशाला नै घर हो

405

जानु काम्बाङ्ग लिम्बु,
थेङ्ग गड ! बल्ल बल्ल छुट्टी आयो, खुशीले आङ्ग तनकाउन्दै गुङ्गुनाउञ्छिन सोनीका । म आफ्नो ड्युटी रोटा हेर्दै अफिसको नोटिस बोर्डमा आँखा जोतिरहेकी छु । ओ हाई के छ सोनीका ? मैले उनको मनमा लहरिन्दै गरेको खुशीलाई थान्ग्रा हाल्दै सोध्छु । ठिकै छु, तिमी नि ? उनले सोध्छिन्, म पनि ठिकै छु अहिलेसम्म त, म भन्छु ।
हो त है भोलि कसलाई थाहा उसले प्रति उतरमा भन्छिन् ! तेसैले म त होलिडे जाँदै छु अर्को हप्तादेखि ।
वाह ग्रेट न्युज ! कता जाँदैछौ यो पाली ! उत्साहित हुँदै म सोध्छु ? स्पेन जाँदैछु उनले भनिन् ।
अहा सारै राम्रो छ स्पेन लौ मोज गर है तिम्रो होलिडे, म कहिल्यै स्पेन नपुगेको कहिले होलिडे नहिड्ने जातको मान्छेले, पुगेर, घुमेर, देखेर, आएर बयान गरेझैं गरि गफ दिएँ । खोई उसले कतिको पत्याईन्न कुन्नि ? तर, म गफ दिनेलाई भने मज्जै भो । उसले स्पेनको कुन, कुन ठाउँ घुमीस भनि सोधे के भन्ने भनि अल्मलिन्दै थिएँ, स्वात् मेट्रोन को अफिसतिर छिरिन्, मैले आफु बचेको संकेत पाएर ढुक्क भएँ ।

हस्पिटलको मूलद्वार निक्कै भिड देखिन्छ, रिसेप्सनमा बस्ने जोवानालाई व्यस्त देखेर म चुपचाप बिरामीहरूको रुम चेक गर्दै जान्छु । अफिस बाहिर कम्पाण्ड्मा थुतुनो जोडेर बसिरहेका जोडी ढुकुर माथि आँखा गाडेर खोई कुन्नि के के सोचिरहेकी थिइन् मीस् मलहोत्रा । उनको ध्यान भंग गर्दै, भने है मिस्स मलहोत्रा ! के छ खबर ? ओ हाई ! म सन्चै छु तर अलिक निन्द्रामा छु कारण राती राम्रो निन्द्रा लागेन खुट्टा दुखेर । ओह ! आई एमसो सरि मैले भने ईज ओक भनिन् उनले । मिस्स मलहोत्रा एक धनि ईन्डियन व्यापारीको एक मात्र छोरी अस्ति भर्खर हिउँमा स्केटिंग खेल्दा लडेर खुट्टा फ्याक्चर भएको छ । रमाईलो अनि फरासिली छिन् तर, उनि यहि जन्मेर हुर्केकोले आफ्नो भाषा बोल्दिनन् । उनको बात मारिरहने बानीसंग म दिक्क मान्दै, उनीसंगको साधारण अनौपचारिक कुरोकानी यसै टुंग्याएर क्रमस अघि बढ्दै जान्छु । कहिले कहिँ त बिमारिहरूसंग बोल्ने बिषय पनि नभेटेर हैरानी हुन्छु ।

बेलायतमा हस्पिटल भर बेलायतीहरू बिमारी, हामी बिदेशीहरू चाँही कामदार हुने गर्छौं । म जस्तै सोनीका र जोवाना पनि बेलायतको लागि बिदेशी हुन् तर, उनिहरू युरोपियन म एसियन । सोनिका र म एउटै वार्डमा छौं आज । दिनभर आफ्नो घर र लाईफको कुरो गरेरै थाक्दिनन्, उनि भन्छिन् मैले त मेरो दोस्रो बुढो संग पनि डिभोर्स गरेर अहिले आनन्द छ । घर गएर खाए पनि भो, नखाई सुते पनि भो, बाहिर पपतिर पिउन नाच्न गएपनि भो, क्या रिल्याक्स छ जिन्दगी, अब होलिडे हिडीञ्छ भोलि । उनको पहिलो लोग्ने कहाँ र कस्तो थियो होला भनि सोंच्दा, सोंच्दै मलाई एकपल्ट आफ्नो जनम दिन मनाउन पपमा बोलाएको बेला, भेटेको उनको व्यापारी लोग्ने सम्झिन्छु, सायद त्यो नै थियो कि दोस्रो, धन्न नानी चाँही छैनन् ।

मेरो छोरा छोरी देख्दा तर्सिंदै भन्छिन् ओह माई गड १ तिमी म संगैको मान्छेले कहिले पाएको यात्रा, यात्रा बच्चाहरू ? म भन्छु त्यै त तिमी त अब टू लेट भैसक्यौ । उनि भन्छिन् नो मलाई बच्चा पाउनै पर्छ भन्ने लाग्दैन । अहिले लाईफ ईञ्जोए गर्ने हो पछि चाहिएमा एउटा बच्चा एडब्द गर्ने हो, कति छन् कति अनाथहरू हाम्रो देशमा, एउटाको मात्र उदार गर्न सकेपनि ठुलो धर्म हुन्छ । म, आफ्नै सन्तान हुनै पर्छ नभए अर्को बिहे गरेर भएपनि आफ्नै सन्तान जन्माउनु पर्छ भन्ने सोंच र संस्कार भएको देशको मान्छे, यस्तो उदारवादी कुरो सुनेर उनको काखमा एउटा अनाथ बालक छुनमुनछुनमुन गर्दै खेलिरहेको कल्पना गर्न थाल्छु ।

आँखाभरी पशुपति, असन र काठमाडौँ ओरिपरि मागी हिड्ने बालबालिका नाच्न थाल्छन् १ झन् बाग्मतीको किनारभर प्लास्टिक।टिपिरहेका केटाकेटी सम्झिंदा त, मनै स्तब्ध बन्छ । लाग्छ हाम्रो देशमा पनि सोनीका जस्ता उदारवादी विचारका दम्पति भै दिए त निसन्तान आमाले सौता पाउने थिएन, जनसंख्या पनि घट्थ्यो । बालबालिकाले राम्रो पालनपोषण र शिक्षादिक्षा दिने आमाबाबा पनि पाउंथे ।

हरेक बिहान आँखा मिच्दै ड्युटी पुग्छौं र साँझ ड्युटी सकिएको खुशी मनाउंदै कोठा जान्छौं ।
काम सकिएपछि हामीले पछ्याउने २ अलग, अलग गोरेटाहरू र गन्तप्य जस्तै हामि दुईको संस्कार संस्कृति र छाला मात्र होइन हाम्रो सोंचाईहरू पनि फरक, फरक छन् । उनि भन्छिन् युके, युरोपियन युनियनमै रहिदिए राम्रो,
मलाई यहाँ बस्न भिषा लीइरनु पर्दैन, आफ्नो घर र घुम्न जान आउन सजिलो । म भन्छु युकेले इयु छोडेको राम्रो
। घरको दाम घट्छ, घर भाडा घट्छ, जनसंख्या घटेमा सजिलै काम पाईन्छन् आदि आदि ।

अचम्म पनि लाग्छ, गजब पनि लाग्छ युरोपियनहरूको लाईफ, कहिले कहिँ त डाहा लाग्छ सोनिकाको जिन्दगी देखि तरै, पनि म आफ्नै संस्कार लत्याउन सक्दिन । आफ्नै देश र आफ्नै भेषभुषा माया लाग्छ । सायद ! म भित्र नेपाली पन र रगत दौडिरहेछ, यो नै मेरो पहिचान र बिशेषता पनि होला । यहाँ भत्किने घर र बिग्रने संस्कार संस्कृति देख्दा म सोंचमग्न हुन्छु, सोनीका त एउटा उदाहरण मात्र हुन् उनि जस्ता कति छन् कति, कुमारी आमाहरूको संख्या त झन् नगन्य छन् । बेलायतको अपराध अनुसन्धानको तथ्यांक अनुसार पनि तिनै कुमारी आमाहरूबाट जन्मेका बच्चाहरू पछि गएर फ्रस्टेसन भै अपराध तिर लागेको देखिन्न । बास्तबमा नानीहरूको लागि पहिलो पाठसाला नै घर हो भन्ने भनाई सहि लाग्छ । नानीहरूलाई आमा र बाबा दुबैको माया, सिक्क्षा दिक्ष्या संस्कार चाहिन्छ घरमा । युकेमै पनि बाबा बिना हुर्केका केटा केटीहरु बेग्लै देखिन्छन् र आमा बाबाको साथ हुर्केकाहरू जेन्टल, ईमान्दार पढे लेखेका हुन्छन् । संस्कार जुन देशको जस्तो सुकै होस् तर, सबै नानीहरू पहिले मान्छे हुन् समाज र परिवारमा बस्ने प्राणी हुन् ती युरोपियन हुन् या एसियन, अफ्रिकन अथवा अमेरिकन । बाल बच्चा छाडी हिड्ने मान्छे, आफ्नै लागि मात्र सोंच्ने स्वार्थी अनि निस्ठुरी हुन् ।

ताप्लेजुङ्ग, हालः युके ( अक्सफोर्ड)