टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनायो।
उसका लागि साइमन अनवारले सर्वाधिक ५९ रनको योगदान दिए। यस्तै मोहम्मद उस्मानले ३० रन बनाउँदा सिपी रिजवानले २२ रन जोडे। अन्तिममा मोहम्बद बोताले २० रन जोडेका थिए।
नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले २-२ विकेट लिँदा सोमपाल कामी र अभिनास बोहोराले १-१ विकेट लिए।
अभिनासको टी ट्वान्टी अन्तर्राष्ट्रियको डेब्यू खेलमै विकेट लिएका हुन्। ४ ओभर बलिङ गरेका बोहोराले ३६ रन खर्चिएर १ विकेट लिए।
यस्तै सन्दीप लामिछानेले पनि टी ट्वान्टीमा डेब्यू विकेट लिए। यसअघि २ खेल खेलेका सन्दीप विकेट बिहिन थिए। तर आज युएई विरूद्धको पहिलो खेलमै २ विकेट लिएका हुन्। उनले ४ ओभर बलिङ गर्दै २५ रन खर्चिए।
यस्तै ३ ओभर बलिङ गरेर १६ रन खर्चिएका सोमपालले १ विकेट लिए।
सबैभन्दा महङ्गा भएका करन केसीले ४३ रन खर्चिँदै १ विकेट लिए।
कप्तान पारस खड्काले पनि १ ओभर बलिङ गर्दै १० रन खर्चिएका थिए।
४ ओभर बलिङ गरेका बसन्त रेग्मीले पनि २ विकेट लिन २३ रन खर्चिए।