दम्भ र अहंकारबाट सरकार अघि बढेकोले समृद्धि र सुख दुवै आउनदैन; रिजाल

48

माघ १७
संसदमा बिहिबार बोल्दै सांसद मिनेन्द्र रिजालले सरकार र सभामुखको भूमिकाको आलोचना गरे। दम्भ र अहंकारबाट सरकार अघि बढेकोले समृद्धि र सुख दुवै नआउने रिजालले बताए। संसदमा बिहिबार बोल्दै सांसद मिनेन्द्र रिजालले सरकार र सभामुखको भूमिकाको आलोचना गरे। दम्भ र अहंकारबाट सरकार अघि बढेकोले समृद्धि र सुख दुवै नआउने रिजालले बताए।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीसँग किन वार्ता नगरेको भनेर प्रतिनिधि सभा बैठकमा सरकारलाई प्रश्न गरेको छ।

चिकित्सा शिक्षा सुधारको माग राखेर १६ औं पटक आमरण अनसनरत केसीले उठाएका माग भुलेर अधिकतम मार्सल प्रयोग गरेर छलफलविना नै चिकित्सा शिक्षा विधेयक पास गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। दुई तिहाइको प्रयोग जनताको पक्षमा काम गर्न खर्च गर्न पनि सरकारलाई आग्रह गरे। सरकारले प्रोप्रोगान्डा, झूट बाहेक केही नगर्नेरु, उनले प्रश्न गरे, डाक्टर केसीसँग आफैंले गरेको सहमति किन बिर्सेकोरु केसीसँग किन वार्ता नगरेकोरु दुई तिहाइको शिर झुक्छ भनेर होरुु प्रधानमन्त्री आफ्नै रूप हेरेर दंग परेको उनले बताए। नेकपामा नयाँ जवानी देखा परेको व्यंग्य पनि उनले गरे । सरकारले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न नसकेकोमा उनले आलोचना गरे।

सरकार ठीक बाटोमा छैन, उनले भने, गोविन्द केसीको जीवन रक्षा गर्नु छ। चिकित्सा शिक्षा विधेयक संशोधन गरौं। राष्ट्रियसभाले त्यो बाटो लियोस्। संवादबाट नै सबै काम अघि बढाऔं, सत्ताले सहयोग गरोस्।