जयन्त आचार्य
हाम्रा पात्रामा जम्मा चारवटा विन्दुहरुलाई विशेष नाम दिइएको छ । दिन र रात बराबरहुने दिन विषुवद् दिन बर्षमा दुइपटक वैशाख एक गते तथा कार्तिक एक गते त्यस्तै श्रावण एक गते सवैभन्दा लामो दिन र माघ एक गते वर्षको सवैभन्दा छोटो दिनहरुहुन् । विषुवद् दिनमा ( दिन र रात बराबरभएका दिनहरुमा ) हामीहरु विषुवद स्नानगरी शुद्घहुने गर्दछौ भने सबैभन्दा लामो दिनलाई दक्षिणायन प्रारम्भको दिन (जुन दिनबाट सूर्य दक्षिण तिर लाग्दछन् ) हो यसै दिनमा हाम्रो संस्कृति अनुसार लुतो फ्या““क्ने गर्दछौं । लुतो फ्याक्दा हामीहरु सूर्यको प्रतीक आगोको अगुल्टो आफ्नो घरबाट दक्षिणतिर फ्या“क्ने गर्दछौ । यस पर्वले सूर्य दक्षिण तिर लागेका संकेत दिन्छ । यसरी हाम्रा संस्कृति तथा चाड पर्वहरु विज्ञानपरक तथा खगोलस“ग संबन्धित छन् भन्न करै लाग्दछ । यसरी श्रावण एक गतेलाई हाम्रा प्राचीन पूर्खाहरुले लामो दिन तथा सूर्यदक्षिण तिर लाग्ने दिन थहापाई तदनुरुप चाड मनाउने चलन चलाएका समेत देखिन्छ । यस्तै माघ एक गते सूर्य उत्तरतिर लाग्दछन् यो दिन बर्षको सवैभन्दा छोटो दिन हो भने हाम्रो संस्कृतिमा यसदिन घ्यु चाकु खाने पुषमा पकाएको खाना माघमा खाने ( पुष पाक्के माघमा खाक्के ) भन्ने चलन छदैछ । यसरी यी चार बिन्दुहरुलाई हामीहरु महत्वका साथ लिने गर्दछौ । यिनै चार विन्दुका वरिपरि हाम्रा अरु चाडपर्वहरु हुने गर्दछन् । यसैले हाम्रा सम्पूर्ण चाडपर्वहरु ऋतुपरक अर्थात् ऋतुहरुसग मिलाएर राखिएको रहेछ र ती चाडपर्वहरु अत्यन्त वैज्ञानिक समेत रहेछन् भन्दा केहि फरक पर्दैैन । यदि यी चार विन्दुहरुलाइ जोड्ने हो भने एउटा स्वस्तिक वन्न पुग्दछ त्यसैले हाम्रो समाजमा स्वस्तिकलाई अत्यन्त महत्वपूर्ण यन्त्रको रुपमा लिइन्छ तथा यसलाइ शुभशकुनको रुपमा समेत लिइन्छ । हाम्रा ऋषिमुनिहरुले हाम्रो ब्रह्माण्ड स्वस्तिकाकार छ भनेर भन्दछन् भने आधुनिक वैज्ञानिकहरु हाम्रा व्रह्माण्ड स्पाइरल छ भनी स्पाइरल ग्यालेक्सी भनी भन्दछन् । मेरो विचारमा यी दुवै भनाइ एकै हुन् । यदि स्वस्तिकलाई अक्षमा घुमाउने हो भने स्वस्तिक नै स्पाइरल बन्न पुग्दछ । यसरी स्वस्तिक र स्पाइरल आकारको सम्बन्ध हाम्रा चार विन्दुहरु सग सम्बन्धित रहेछन् भन्न सक्दछौ ।
स्वस्तिक बनाउदा चार विन्दुहरु अत्यन्त महत्वपूर्णहुन्छन् भने आकाशका ती चारविन्दुहरु सहिठाउमा हुनु अत्यन्त जरुरीहुन आउछ । यदि यी सहि हुन सकेनन् भने स्वस्तिक बन्न सक्दैन अतः यी विन्दुहरु सहि ठाउ“मा हुनुपर्दछ र हाम्रालागि यी विन्दुहरु महत्वपूर्ण समेत छन् । प्राचीन समयमा वैशाख एक गते र कार्तिक एक गते नै विषुवद् दिन अर्थात् वैशाख एक र कार्तिक एक गते नै दिन र रात बराबर हुने गर्दथे तर आजभोलि दिनरात बराबर हुने दिन चैत्रको सात र असोज को सात गते पर्ने गर्दछन् यसैले हामीले मान्दै आएको विषुवद् दिन वैशाख एक न भै चैत्र सात नै हो भन्न खगोलीय तथा गणितीय हिसावमा करै लाग्दछ । यस्तै उत्तरायण र दक्षिणायन हुने दिनहरु पनि फेरिइसकेकोे हामीहरुले स्पष्ट थाहा पाउछौ अर्थात् दक्षिणायन विन्दु श्रावण एक न भै आजभोली असार सात र उत्तरायण हुने दिन माघ एक नभै पौष सात हुनुपर्ने गणितबाट स्पष्ट छ । प्राचीन समयमा यी चार विन्दुहरु अत्यन्त शुद्घ थिए आजभोली यी विन्दुहरु विग्रिएर करीव एकमहिना वर सरेकोले तथा स्वस्तिकका महत्वपूर्ण चार विन्दुहरु विग्रिएकाले यसलाइ सच्याउनु हाम्रो दायित्व हुन आउछ ।
गत वर्ष नेपाल पंचाङ्गनिर्णायक समितिबाट स्वीकृत पात्राहरुमा लामो दिन सग संम्बन्धित पूर्णिमा तथा छोटो दिनसग संम्बन्धित पूर्णिमाहरु उल्लेखगरेको २०७५ सालका पात्राहरुको अध्ययनबाट स्पष्ट देखिन्छ भने कुनै कुनै पात्राहरुमा वरावर दिनसग संम्बन्धित पूर्णिमाहरुको समेत उल्लेख पाइन्छ । आजभोली साधारण जनताहरु पूर्णिमाको मात्र उल्लेख ले नपुगेको भन्दै संक्रन्तिहरुको समेत उल्लेख गरिनुपर्ने भन्ने माग भएकाले तत् सम्बन्धित संक्रान्तिहरु कुन रहेछन् त भनी २०३१ साल देखि २०७५ साल सम्मका पात्राहरुको अध्ययन बाट तलको निष्कर्षमा पुगेका छौ ( अनुसूची हेर्नुहोस् )
१. चैत्र एक गते दिन र रात वरावर दिन सग सम्बन्धित, विषुवद् पूर्णिमासग आवद्घ संक्रान्ति
२. असार एक गते लामो दिन सग सम्बद्घ अर्थात् ज्येष्ठपूर्णिमा सग आवद्घ संक्रान्ति
३. असोज एक गते विषुवद ( दिन र रात वरावर )े सग सम्बद्घ कन्या विषुवद पूर्णिमासग आवद्घ संक्रान्ति
४. पुष एक गते छोटो दिनसग सम्बन्धित मंसिर पूर्णिमा सग आवद्घ संक्रान्ति
यीनै चार कुराहरु आगामी पात्राहरुमा स्पष्ट सग उल्लेख हुनुपर्ने हाम्रो ठम्याइ हो ।
यस्ता चाडपर्वहरु हामीहरुले सच्याउन मिल्छ ?
यी चाडपर्वहरु सच्याउन मिल्ने मात्र होइन यो त सच्याउदै जानु पर्दछ । यी चाड पर्व करीव बहत्तर वर्षमा एक दिनका दरले विग्रदै गइरहेका छन् । अर्थात् विग्रने गति अत्यन्त न्यून छ ता पनि धेरै वर्षसम्म नसच्याउने हो भने हाम्रा चाडपर्वहरु अनौठो समयमा मनाउन पुग्दछौ । प्रचीन कालमा पनि यस्ता अशुद्घिहरुलाइ मिलाउने गरेको प्रसस्त उदाहरणहरु हाम्रा शास्त्रहरुमा भेट्न सकिन्छ । बौधायनश्रौतसूत्रमा र वेदाङ्गज्योतिषकालमा मधामा दक्षिणायन हुनेकुरा नमिलेको थहा भयो र त्यसलाई मघाबाट सारी अश्लेषार्धमा लगियो । त्यसैले बौधायनादि र लगधले अश्लेषाको अर्धमा सूर्य हुदा दक्षिणायन हुन्छ भन्ने कुरा लेखेको देखिन्छ । लगधले वेदाङ्गज्योतिषमा सार्पार्धे दक्षिणार्कस्तु माघश्रवणयोस्तथा भनेर स्पष्ट पारेको देखिन्छ भने बौधायनले अर्धाश्लेषस्य श्रावणस्य दक्षिणेनोपनिवर्तते भनेर स्पष्ट पारेका छन् । त्यसपछि वराहमिहिरले पञ्चसिद्घान्तिकामा
आश्लेषाद्र्घादासीद्यदा निवृत्तिः किलेष्णकिरणस्य ।
युक्तमयनं तदासीत् साम्प्रतमयनं पुनर्वसुतः ।।
अर्थात् अश्लेषानक्षत्रको आधामा सूर्य पुग्दा दक्षिणायन हुन्छ भन्ने कुरा प्राचीनकालमा सत्य थियो तर अहिले त पुरर्वसुनक्षत्रमा अर्थात् कर्कट राशिमा सूर्य पुग्दा दक्षिणायनको शुरु हुन्छ भन्ने यसको अर्थ हो । यसरी उनले पनि आफ्नो पालामा दक्षिणायन हुने नक्षत्र फेरिएको कुरा स्पष्टरुपमा उल्लेख गरेका छन् । यो कुरा वराहमिहिरले आफू भन्दा अगाडिको रोमकसिद्घान्त र लाटाचार्यादिका वचनहरुको र आफूसमेत परीक्षण गरी बोलेका हुन् भन्ने कुरा पञ्चसिद्घान्तिकामा रोमकसिद्घान्तको वर्णन गर्नुका साथै प्राचीन टीकाकार लाटदेवको उनले उल्लेख समेत गरेकाले स्पष्ट हुन्छ । अयन चलनका बारेमा रोमकाः पठन्ति भनेर आर्यभटीमय्को टीकामा यो श्लोक दिइएको छ
वसुदैवादिसार्पार्धादयनं मुनयो जगुः ।
मृगकक्र्यादितो दृष्टं कर्थ तद्घि गतेर्विना ।।
अर्थात् धनिष्टा नक्षत्रको शुरुमा सूर्य पुग्दा उत्तरायण र अश्लेषाको आधामा पुग्दा दक्षिणायनहुन्छ भनेर प्राचीनकालका ऋषिहरुले भनेका छन् । तर मकरराशिको शुरुमा उत्तरायण र कर्कटराशिको शुरुमा सूर्यपुग्दा दक्षिणायन हुन्छ भन्ने कुरा प्रत्यक्ष भैसक्यो । तसर्थ अयनांशको गति नभैकन यस्तो हुनै सक्दैन भन्ने यसको तात्पर्य हो । यसबाट प्रत्यक्ष फरक परेको थाहा हुने बित्तिकै अयनलाइ सार्नुपर्दछ भन्ने कुरा पनि यसबाट स्पष्ट झल्किन्छ । त्यसैले अहिले फरकपरेको स्पष्ट देखिएकाले लामो दिन छोटो दिन र विषुवद दिनहरु सार्न पर्दछ भनिएको हो ।
अव हामीहरुले विषुवत संक्रन्ति वैशाख एक गतेलाइ चैत्र एक गते सार्नु पर्दछ, त्यस्तै असोज एक गते शरद विषुवत बनाउनु पर्दछ भने दक्षिणायनारम्भ अर्थात् लुतो फ्याक्ने दिन असार एक गतेमै सार्नु उचित हुन्छ भने उत्तरायणारम्भ पुष एक गते नै मनाउदा शास्त्र संवत तथा वैज्ञानिक खगोलीय तथा गणितीय हिसावमा ठीक हुने देखिन्छ जुन कुरा पचास बर्षको हाम्रा प्रचलीत पात्राहरुका अध्ययन बाट पनि स्पष्ट हुन्छ ।
सन्दर्भग्रंन्थसूची
१. सूर्यसिद्घान्त
विज्ञानभाष्य, भाष्यकार महावीरप्रसाद श्रीवास्तव, डा. रत्नकुमारी स्वाध्याय संस्थान, इलाहबाद, १९४०
२. सिद्घान्तशिरोमणिः
श्रीमद्भास्कराचार्यप्रणीतः, सम्पूर्णानन्दसंस्कृतविश्वविद्यालयः१९८१
३. Lost wisdom of the swastika, Ajay Chaturvedi, Times group books, 2015