१३ वर्षे बालक लागुऔषध सहित पक्राउ

65

माघ १५,
रौतहट । ईलाका प्रहरी कार्यालय डुमरिया, रौतहटबाट खटिएको प्रहरी टोलीले एक जना बालकलाई लागुऔषध सहित पक्राउ गरेको छ । रौतहट चन्द्रपुर नगरपालिका स्थितमा गौर बाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको ग१ ख ६१२६ नम्बरको बस चेकजाँच गर्ने क्रममा जिल्ला काठमाण्डौ बस्ने सिर्जना विकको छोरा बर्ष १३ को दिनेश विकलाई पक्राउ गरेको प्रदेश नम्बर २को प्रहरी कार्यालयले जानकारी दिएको छ । बालकले कम्मरमा नाईट्राभेट ट्यावलेट-५१० थान, स्पास्मो प्रोक्सिभन क्याप्सुल-२४ थान, डाईजेल्याव-७ थान, नोर्फिन-७ थान, फेनारगन-७ थान, एभिल-५ पिस प्रतिवन्धित लागुऔषध टेपले वेरी लुकाई छिपाई राखेको अवस्थामा फेला पारेकोमा हो । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।