पुष्कर चौलांगाईको लोकदोहोरी ‘बनैमा जुरेली’ सार्वजनिक (भिडियो सहित)

219

माघ ८,
नगरकोट । युवा गायक पुष्कर चौलागाईको लोकदोहोरी बनैमा जुरेली मंलगबारबाट युटुबमा सार्वजनिक भएको छ । नेपाली सान हाम्रो पहिचान अनलाइन रोधि घरको प्रस्तुति रहेको उत्तल गीतको बजार बेबस्थापन काभ्रे संगम म्युजिक प्रा.लिले गरेको छ । गीतमा पुष्कर चौलागाईं ,किरण गौतम, सुभद्रा ढुङ्गाना र बर्षा मगरको स्वर रहेको छ । शब्द पुष्कर चौलागाईं र लय किरण गौतम रहेको गीतमा उज्वल बस्ताकोटी, रुपा नेपाली, गोबिन्द नेपाल र श्रीजा देउजाको अभिनय रहेको छ ।
एरेन्जर बिष्णु तामाङ, छायांकन सागर गौतम म्युजिक भिडियोको नर्देशन किरण गौतमले गरेका छन् । उक्त गीतको भिडियो सम्पादन प्रेम कुमार थारु गरेका हुन् भने दृश्य निर्माण दिक्षान्त मुभिज क्रियसन प्रालिले गरेको हो ।