निर्माणसंगैं भत्किदैं गौर स्मार्टसिटी

79

रौतहट, ७ माघ
रौतहटको सदरमुकाम गौर नगरपालिका निर्माणसंगैं भत्किने कार्य सुरु भएको पाईएको छ ।
अरबौंको लगानीमा निर्माण भई रहेको गौर नगर स्मार्टसिटीमा प्रयोग हुने सामग्रीहरुको गुणस्तरहिनता बढे पछि निर्माण गरिएका नालाहरु ठाउ ठाउमा भत्किन थालेको सजिलै देख्न सकिन्छ । परिधी र आवश्यकता भन्दा बढी उचाई तथा दिएर कमशल सामग्री प्रयोग गरि बनाईको नालाहरु स्मार्टसिटी निर्माणको कार्य सम्पन्न अगावैं भत्किन थाले पछि स्थानियहरु चिन्तित बनेका छन् ।
बजेटै सार्वजनिक विना तथा विना आयोजना संचालन हुडिंग बोर्डको कार्य आरम्भ गरेको विभिन्न निर्माण कम्पनिसंगको पार्टनर आश्रय निर्माण सेवाले स्थानिय निकायका प्रतिनिधीहरुलाई रकमी चलखेल गरि मिलाएता पनि स्थानियको कडा आलोचना पछि केही स्थानमा हचुवाको भरमा र्बोड लगाए पनि निर्माण कार्य भन्ने कमशल सामग्रीको प्रयोगमै गरिएको देखिएको छ ।
आफना करौडौंको जग्गा स्मार्टसिटीको नाममा सितैमा दिएका गौर नगरबासीहरु अचेल निर्माण कम्पनिको गुणस्तरहिन कार्य देखेर तनावमा आउन थालेको छ ।
स्थानियहरुको जग्गा स्मार्टसिटीको नाममा अनावश्यक कटटा गरिने, काम गुणस्तरहिन गर्ने, कामको पार्दशिता नगर्ने तथा अनावश्यकरुपमा नदीकटान गरि सामग्रीहरु स्मार्टसिटीको नाममा ल्याई बाहिर निर्यात गर्नेकार्यको समाजवादी फोरम नेपालका युवा नेता एवम स्थानिय गौर नगरपालिका निवासी अरविन्द कुमार यादवको आरोप रहेको छ ।
निर्माण कार्य आरम्भ देखि नै विवादमा आएको स्मार्टसिटी आयोजना स्थानिय सरकारका केहि मुख्यव्यक्ति तथा प्रतिपक्षको भुमिकामा रहेका केहि नेताहरुको आन्तिरीक रकमी चलखेल पछि अहिले सेलाएको छ । तर निर्माणकार्यमा भन्ने निर्माण कम्पनीले गर्ने मनोमानी भने रोकिएको छैन् । आफुलाई देशकै चर्चित पार्टीका नेता तथा उमेदवारका रुपमा चिनाउने कम्पनीका मालिकले मिक्स ग्रेभलको साटो माटो ग्रेभल तथा निर्धारित गिट्टीको ठाउमा विना साईजको गिट्टीहरु, परिमाण भन्दा कम छड तथा सिमेन्टहरु प्रयोग गरिरहेको आरोप स्थानियहरुको रहेको छ ।