सेनाको प्रवक्तामा सहायक रथी ढकाल

68

पुस २३,
काठमाडौं । नेपाली सेनाका प्रवक्ता परिवर्तन भएका छन् । सेनाको नयाँ प्रवक्ताको जिम्मेवारी सहायकरथी यम प्रसाद ढकाललाई दिइएको नेपाली सेनाले जनाएको छ । यसअघि सैन्य प्रवक्ताको जिम्मेवारीमा रहेका सहायकरथी गोकुल भण्डारीको भक्तपुरस्थित खरिपाटी तालिम केन्द्रमा सरुवा भएको छ । पूर्वी पृतना हेड्क्वार्टरबाट सैन्य प्रवक्ताको जिम्मेवारीसहित जंगी अड्डामा सरुवा भएका ढकालले मंगलबारबाट जिम्मेवारी सम्हाल्ने बताईएको छ ।