Saturday, October 3, 2026
Home राजनीति काङ्ग्रेस संसदीय दलको कार्यसमितिमा सदस्य मनोनीत

काङ्ग्रेस संसदीय दलको कार्यसमितिमा सदस्य मनोनीत

103

काठमाडौँ, १८ पुस नेपाली काङ्ग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य आज मनोनीत गर्नुभएको छ ।

नेपाली काङ्ग्रेस संसदीय दलको सचिवालयका अनुसार सभापति देउवाले काङ्ग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १० को उपधारा २ (ग) बमोजिम उमेश श्रेष्ठ (ललितपुर), डा डिला सङ्ग्रौला पन्त (मोरङ), देवप्रसाद तिमिल्सिना (रौतहट) र पार्वता डिसी चौधरी (दाङ) लाई काङ्ग्रेस संसदीय दलको कार्यसमिति सदस्य पदमा मनोनीत गर्नुभएको हो । -रासस