Saturday, October 3, 2026
Home समाचार प्रधानन्यायाधीश जबरा ; अब जोशीलाई पेशी नतोक्ने

प्रधानन्यायाधीश जबरा ; अब जोशीलाई पेशी नतोक्ने

114

पुस १८, काठमाडौंः नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्चका बरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई पेशी नदिने निर्णय गरेका छन्। बुधबार कार्यभार सम्हाल्दै जबराले जोशीलाई इजलास नतोक्ने जनाउ दिएका हुन्। कार्यभार सम्हाल्दै जबराले आफूले संसदीय सुनुवाइ समितिको सम्मान गर्दै जोशीलाई इजलास नतोक्ने बताएका हुन्। बुधबार पनि जोशीको इजलास छैन। संसदीय सुनुवाइ समितिमा ‘यहाँबाट अस्वीकृत’ भएका व्यक्तिले सर्वोच्चमा काम गरिरहेका छन् भनेर कुरा उठेको थियो। त्यो बेला जबराले आफूले समितिको सम्मान गर्ने बताएका थिए। जबरा सर्वोच्च पुगेसँगै जोशीलाई इजलास नतोकेर आफ्नो काम अघि बढाएका छन्। उनले आफूलाई बधाई दिन आएका जोशीलाई सकेसम्म राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए। संसदीय सुनुवाइ समिति र संविधानलाई सम्मान गरेर अदालतलाई अघि बढाउनुपर्ने सुझाव उनले दिएका छन्। जबराले आफूले संसदीय सुनुवाइ समितिको सम्मान गर्दै आफ्ना साथी जोशीलाई पेशी नतोकेको बताए। उनले आगामी दिनमा पनि जोशीलाई पेशी नतोक्ने जनाउसमेत दिएका छन्। उनले आगामी दिनमा जोशीलाई पेशी नतोक्ने पनि जानकारी गराएका छन्। -थाहाखबर