ट्रम्पका रक्षामन्त्रीले अचानक दिए राजिनामा,

49

पुस ६,
काठमाडौं। अमेरिकी राष्ट्रपतिका रक्षामन्त्री जेम्स म्याटिसले अचानक राजीनामा दिएका छन् ।अमेरिकी राष्टपति डोनल्ड ट्रम्पले सिरियाबाट अमेरिकी फौज फर्काउने घोषणा गरेको भोलिपल्टै अकस्मात् जनरल म्याटिसको यस्तो निर्णय बाहिरिएको हो । उनको राजीनामापछि ट्रम्पले जेम्स म्याटिसको उच्च मूल्याङ्कनसहित फेब्रुअरी अन्त्यमा सेवानिवृत्त हुन लागेको घोषणा गरेका छन् ।उनले म्याटिसको उत्तराधिकारिको नाम भने उल्लेख गरेनन् ।उनले ट्वीटरमा भनेका छन्, ‘जनरल मयाटिसले मित्र शक्ति र अन्य देशहरुको सैन्य दायित्व निर्वाह गर्न मलाई धेरै नै सहयोग गरे ।’अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिस ट्रम्प प्रशासन भित्रका अधिकारीहरुले राजीनामा दिने सिलसिलाका हालसम्मका सबैभन्दा पछिल्ला अधिकारी बनेका छन् ।आफ्नो राजीनामा पत्रमा जनरल म्याटिसले आफ्ना मित्र शक्तिहरूसँग सम्मानपूर्वक व्यवहार गर्ने र साझा रक्षाका लागि अमेरिकी क्षमताका सम्पूर्ण संसाधन प्रयोग गर्ने धारणा व्यक्त गरेका छन् ।

उनले राष्ट्रपति ट्रम्पसँग आफूभन्दा राम्रो, क्षमतावान र विभिन्न विषयमा ट्रम्पका विचारसँग नजिक मान्छेलाई रक्षा मन्त्री चुन्न सक्ने अधिकार भएकोले आफू सो पदबाट बाहिरिनु उपयुक्त लागेको व्यहोरा राजीनामा पत्रमा उल्लेख गरेका छन् ।बुधवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरिया र वरपर सक्रिय इस्लामिक स्टेट समूह आईएस पराजित भएको भन्दै सिरियामा खटाइएका अमेरिकी फौजहरू फर्काउने घोषणा गरेका थिए ।सर्वत्र निकै आलोचित सो घोषणाबारे त्यसो गर्नु अमेरिकाको रणनीतिक भूल हुने भनी रक्षा मन्त्री म्याटिसले चेतावनी दिएका थिए । -रातोपाटी