खेलाडीको लागि राज्यले ध्यान दिनुपर्छः अन्तराष्ट्रिय तेक्वान्दो निर्णायक ढकाल

74

अन्तराष्ट्रिय तेक्वान्दो निर्णायक हुन् सफल दिपेन्द्र ढकालको जन्म काभ्रेको साविक कुशादेवी वडा नं २, हाल पनौती नगरपालिका वडा नं ३ माजन्म २०४५ सालमा भएको थियो । दिपेन्द्रको जन्म बुबा पुष्कर ढकाल र आमा सीता ढकालको कोखबाट भएको थियो ।

उनको जिवन रेखा उनकै शब्दमाः
धेरैले खेल बुझेका हुन्छन् तर खेलको नियम बुझेका हुँदैनन् । खेलको नियम बुझ्ने र खेल बुझ्नेलाई थाहा हुन्छ प्रशिक्षकको महत्व । अझ तेक्वान्दो खेलमा खेलाडीले सबैभन्दा विश्वासिलो र आर्दश व्यक्तिनै प्रशिक्षक हुन्छन् । तेक्वान्दो खेलमा खेलाडी बन्नुभन्दा प्रशिक्षक बन्नु सबैभन्दा गाह्रो कुरा हो । प्रशिक्षक बन्नको लागि निरन्तर साधनको जरुरत पर्दछ । जब एउटा प्रशिक्षक बन्छ । उसलाई प्रशिक्षक बन्नेको भन्दा हजारौं गुणा धेरै साधना मेहिनत र कर्तव्य पालन गर्नु पर्छ निर्णायक बन्नको लागि । अझ नेपाली सेनाभित्र रहेर निर्णायक बन्नु भनेको फलामको च्युरा चपाउनु जस्तै हो ।

मेरो बाल्यकाल सामान्यतया सुखमय नै रह्यो । घरमा खेतीपाती प्रशस्तै हुन्थ्यो । बुवाले व्यापार पनि गर्नुहुन्थ्यो । बुवाको र आमाको संघर्षका कारण हाम्रो बाल्यकाल सुखमयनै रह्यो । बाल्यकालदेखिनै भनौं या सानो छँदा देखिनै भनौं मलाई खेलप्रति एकदमै रुची थियो । मेरो खेलप्रतिको रुचि देखेर नै म सानो छँदा नै बुवा आमाले तेक्वान्दो खेल्न आग्रह गर्नुभयो र घर नजिकैको तेक्वान्दो डोजाङमा मलाई २०५७ सालमा भर्ना गरिदिनुभयो । पढाईलाई पनि सँगै निरन्तरता दिनुपर्ने भएकोले केही अप्ठारो महसुस पनि हुने गर्दथ्यो तर त्यसलाई सहज ढंगले अगाडि बढाउने दृढ विश्वासका साथ तेक्वान्दोमा निरन्तरता दिएँ । लालीगुराँस तेक्वान्दो डोजाङबाट तेक्वान्दो खेल शुरु गरेतापनि ब्ल्याक बेल्ट लिन भने पनौती तेक्वान्दो डोजाङमा जानुपर्ने भएकोले अझ थप संघर्ष गर्नुप¥यो । तर त्यसमा म सफल बने ।

खेल जीवनहुँदै अन्तराष्ट्रिय निर्णायक
२०५७ सालमा लालीगुराँस तेक्वान्दो डोजाङ कुशादेवीबाट तेक्वान्दो खेल जीवन सुरुवात गरेका उनी २०६७ देखि आर्मी क्लवमा प्रवेश गरेका थिए । नेपाली सेनामा प्रवेश गरेसँगै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागीता मात्रै जनाएनन आफूलाई उपाधीको दावेदार समेत बनाए ।
२०७१ देखि विभिन्न प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गरि हालसम्म दर्जनौं भन्दा बढी राष्ट्रिय खेल संचालन गर्न सफल भएका छन् ।

सामुदायिक विद्यालयमै अध्ययन तेन्वान्दोमा बिजोड रुची
बिहाबर निम्न माध्यमिक विद्यालयबाट अध्ययन सुरु गरि कुशादेवी उच्च माविबाट उच्च शिक्षा हासिल गरेका उनले त्रिभुवन विश्व बिद्यालयबाट राजनीति शास्त्रमा स्नाकत्तोर गरेका छन् ।

चिनमा पुगेर निर्णायक
चिनको धगहष् शहरमा २० जुलाई २०१८ देखि २३ जुलाई २०१८ सम्म भएको तेक्वान्दो खेलको अन्र्तराष्ट्रिय निर्णायक सेमिनारमा सहभागी भई उत्तिर्ण हुन सफल भए । नेपाली सेनाबाट ३६ बर्ष पछि तेक्वान्दो खेलको एकमात्र अन्र्तराष्ट्रिय निर्णायक बन्न सफल भएका उनी सहभागी भएको सेमीनारमा नेपालबाट ६ जना सहभागी भएकोमा उनी मात्रै निर्णायक बने ।

तेक्वान्दोको चौंथो डान
तेक्वान्दोको चौंथो डान प्राप्त उनी हाल सैनिक स्कुल भक्तपुरमा तेक्वान्दो प्रशिक्षण गराउदै आएका छन् । उनले अब अन्तर्राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतियोगितामा निणायकको भुमिका निर्वाह गर्न पाउने छन् ।
जीवनभर तेक्वान्दोमा लाग्ने लक्ष्यकासाथ सैनिक स्कूल भक्तपुरमा नियमित तेक्वान्दो प्रशिक्षण गराइरहेको छु । म अन्तराष्ट्रिय निर्णायक मात्र नभई म एक तेक्वान्दो प्रशिक्षक पनि हुँ । म प्रशिक्षक भएकोले पहिला आफैं फिट हुन जरुरी छ । त्यसैले आफू पहिला फिट भएपछि मात्र खेलाडिहरुलाई प्रशिक्षण दिन सकिन्छ । त्यसैले आफ्नो स्वास्थ्य प्रति सचेत हुन्छु । दैनिक रुपमा खेलाडीहरुलाई प्रशिक्षण गराउनुपर्ने भएकोले व्यक्तिगत व्यायाम पनि हुन्छ ।

सरल र मिलनसार
म सरल छु । मिलनसार छु । कम बोल्छु, अलिक रिजर्भ बन्न मन पराउँछु । धेरै बोलीराख्नै मन लाग्दैन । मन मिल्ने साथीहरुसँग मात्रै धेरै क्लोज हुन्छु । म धेरै नबोल्ने भएकोले कतिपयले घमण्डी समेत भन्ने गरेका छन् । तर त्यस्तो होइन । हो म कम बोल्छु तर घमण्डी भने पक्कै छैन ।

काममा स्थिर
मेरो दैनिकी अति व्यस्तनै छ । कुनैपनि काममा हात हालेपछि त्यो काम सफल बनाएरै छाड्ने मेरो स्वभाव छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउँछु भनेको थिएँ । त्यो पनि पुरा गरेँ र पछिल्लो समय तेक्वान्दोको राष्ट्रिय निर्णयक हुँदै अन्तराष्ट्रिय निर्णायक पनि बन्न सफल भएँ ।
म खेलाडी, प्रशिक्षक र निर्णायक सबै हो । खेलाडी हुँदा धेरै तालिम गर्नुपर्ने हुन्छ । उमेर बढ्दै जाँदा तालिम गर्ने, क्षमतामा पनि ह्रास आउँदै र आफ्नो क्षमता अनुसार तालिम गर्नुपर्ने हुन्छ । पहिलेको तुलनामा अहिले एकदम कम भएको छ । पढाइलाई फेरी अगाडि बढाउनु पर्ने भएकोले र आफ्नो कामलाई पनि प्राथमिकता दिनुपर्ने भएकोले आफ्नो प्रशिक्षणमा भने केही मात्रामा कम भएको पाएको छु ।

सफलताको श्रेय
करिब दुई दर्जनभन्दा बढी राष्ट्रिय खेलहरुमा निर्णायकको भूमिकानिर्वाह गरिसकेपछि अग्रज गुरुहरुको प्रेरणा हौसला र मेरो हरेक अभियानहरुमा सफल र सबल बनाइदिनुहुने सम्पूर्ण गुरुवर्गहरु, सहयात्री मित्रहरु, आफन्तजनहरु, मेरो जन्मदाता आमा बुवा, मेरो खुट्टा समातेर तेक्वान्दो खेल सिकाउनुहुने आदरणीय गुरु बिनोद थापा, रामचन्द्र कर्माचार्य गुरु र अन्तराष्ट्रिय क्षेत्रमा प्रवेश गर्न हौसला दिने मेरा सम्पूर्ण अग्रज गुरुहरु तथा नेपाल आर्मीक्लव, नेपाल तेक्वान्दो संघ तथा मेरो कडा मेहनत र दृढ आत्मविश्वास नै मेरो सफलताको स्रोत हो ।

तेक्वान्दोमा नै जीवन
जीवनभर तेक्वान्दामा नै लाग्ने लक्ष्य छ । त्यसका लागि सैनिक स्कूल भक्तपुरमा नियमित रुपमा तेक्वान्दो प्रशिक्षण गराउँदै आइरहेको छु । त्यसैगरी निकट भविष्यमा आफू जन्मेको ठाउँमा तेक्वान्दो खेलको पूर्ण जानकारी दिनको निमित्त तेक्वान्दो एकेडेमी सञ्चालनमा ल्याउने तयारी गरिरहेकोछु ।

रुचीको विषय
मलाई नेपालका विभिन्न ठाउँमा जान रमाइलो लाग्छ । अलि लामो समयसम्म विदा भयो भने नेपालका विभिन्न स्थानमा घुम्न रुचाउँछु । जसले गर्दा शारिरीक तथा मानसिक रुपमा फ्रेस बनाउँछ । नेपालको विभिन्न स्थानको हावापानी एवं संस्कृतीसँग नजिक बनाउँछ । प्रकृतिसँग खेल्न मन पर्छ । कतै घुम्न जानुप¥यो भने म मुस्ताङ्ग, रारा, इलाम, धान्द्रुक, नाम्चे, भेडेटार, खप्तड लागयत स्थानहरुमा टे«किङ जान रुचाउँछु ।
म लोभी पटक्कै छैन । साथीभाईहरुसँग रमाइलो गर्छु । म घुम्न एकदमै मन पराउँछु । खेलमा लागेर कति पाएँ, कति गुमाएँ भन्ने कुनै हिसाबकिताब राख्न मन पराउँदिनँ । खेलाडी भएर पाएको राम्रो कुरा नै सम्झन मन लाग्छ । बेलाबेलामा भने भविष्यका बारेमा सोचेर अहिलेपनि सोच्छु । त्यस्तो बेला खेलाडी भएर बाँच्न कठिन छ भन्ने नै लाग्छ । तर देशमा खेलाडीहरुको हौसला र सम्मानको लागि र खेलपछिको उनीहरुको भविष्य प्रति राष्ट्र चिन्तित नहुँदा कतिपय खेलाडीहरु विदेशीन बाध्य भएको देख्दा दुःख लाग्छ । त्यसैले खेलाडीहरुको लागि पनि राज्यले ध्यान दिनु जरुरी छ ।