पुर्वछाने मगर समाज गठन हुदै

277

मंसिर १०,
काठमाडौ । देशभर रहेका पुर्वछाने मगरहरुले पुर्वछाने मगर समाज गठन गर्ने भएका छन। सनिवार काठमाडौको सामाखुसी स्थित लिंकन कलेजमा भएको भेलाले यही मङ्सिर २२गते समाजको मुल सामिती गठन गर्न बृहत भेला आयोजना गर्ने भएको छ।
भेलाको अगुवाइ गरिरहेका डि एम पुर्वछानेका अनुसार संसारभर रहेका पुर्वछानेहरुको एउटै गोत्र हुने भएकोले सबैलाई समेट्ने गरि समाजको गठन गरिने भएको छ। भेलामा मगरको लोगो खुर्पेटो अंकित टिसर्ट समेत वितरण गरि प्रचारप्रसार लाई तीव्रता दिने जनाइएको छ।