भक्तपुरमा मोटरसाइकल टिपरमा ठोकिएपछि

55
सांकेतिक तस्विर

मंसिर ६,
भक्तपुर । सूर्यविनायक नगरपलिका–२ बालकोट रेडक्रस भवन नजिक कौशलटारबाट बालकोट तर्फ जाँदै गरेको बा. ४ ख.८१८२ नं. को टिपरमा सोही दिशा तर्फ जाँदै गरेको बा. ९९ प. ८२८२ नं.को मोटरसाइकललाई ठोकिदाँ एक जनाको मत्यु भएको हो ।
उक्त घटनामा महोत्तरी बर्दिवास घर भई ललितपुर जिल्ला चाँगाथली बस्ने २४ वर्षका मनोज मगर घाइते भएकोमा तत्काल उपचारको लागी वि.एण्ड वि. अस्पताल ललितपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनामा मोटरसाइकल चालक मोरङ घर भई हाल काठमाण्डौ जडीबुटी बस्ने २३ बर्ष २३ को राज पोख्रेल भने सामान्य घाइते भएका छन् ।
टिपर चालक काभ्रे रोशी गाउँपालिका–१२ बस्ने बर्ष २६ को अनिल तामाङ र दुवै सवारी साधन महानगरीय प्रहरी वृत ठिमी भक्तपुरको नियन्त्रणमा रहेको र थप अनुसन्धान कार्य भईरहेको महानगरि प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रनाउ रेवती रमण पोखरेलले जानकारी दिएका छन् ।