‘धने’ को मनमा कसरी लाग्यो घाउँ, किन रोजे मृत्यु

362

मंसिर २,
काठमाडौं । शनिबार दिउँसबाट एउटा दुःखद खबर फैलियो । सिन्धुपाल्चोक र काभ्रेका धेरै मानिसले त्यो खबर पत्याउन सकेनन् । पत्याउनु पनि कसरी अरुको तनमा लागेको घाउँ र रोग निको बनाउने ‘धने’ धनबहादुर श्रेष्ठ मृत अवस्थामा भेटिए ।
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष ६६ वर्षीय धनबहादुर श्रेष्ठ मृत फेला परे । शनिबार बिहान ३ बजे घरबाट निस्किएका वडाअध्यक्ष श्रेष्ठ दिउँसो मृत फेला परेका हुन् । नेपाली सेनाको जागिर जिवनपछि धनबहादुरले काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ सिपाघाट तल्लो बजारमा फार्सेसी संचालन गरको दुई दशक भन्दा लामो समय भयो ।उनको स्वभाव र व्यवहारले बिरामी भएर पुगेकाहरुको आधा–आधा रोग त औषधी बिना नै निको हुने महशुस उपचार गराउन आएकाहरुले गर्देथे । स्थानीय भने ‘विरामी भएर जादाँ उसको मिठो बोली र व्यवहारले हामीलाई रोग आधी निको भए जस्तो लाग्थो ।’काठमाडौं, काभ्रे र सिन्धुपाल्चोक जिल्लाका धेरै सर्वसाधरणहरुले उनलाई मायाले धने भनेर चिन्दै आएका थिए ।
इन्दावती नदिको बगरमा नै रहेको सिपाघाटको तल्लो बजारमा मिनि डाक्टर भनेर चिनिने धनबहादुरको परिचय २०७४ साल जेठमा भएको स्थानीय निर्वाचनपछि वडा अध्यक्ष फेरियो ।

उनी सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका–८ बाट नेपाली कांग्रेसको तर्फबाट वडाअध्यक्षमा उम्मेदवार बनेका थिए ।
समाजमा लामो समयदेखि लोकप्रीय उनी जनमतबाट सार्वजनिक पद धारण गर्न सफल भए ।
विगतका वर्षमा सडक संजाल नपुगेका धेरै गाँउमा विरामी बोकेर ल्याउने अवस्था नहुदाँ उनी घरघरमा नै गएर बिरामीको सेवा गर्दथे । दुइ तिन घण्टा हिडेरँ समेत उनको विरामीको सेवा गर्दथे । सिन्धुपाल्चोकको इन्दावती नदि आसपासमा विकासमा उनको नाम जोडिने गरेको छ । उनको मृत्युले समाजले एउटा असल मान्छे गुमाएको स्थानीय दिपक डोटलले बताए ।

सर्वसाधरणमा भने अरुको तनको घाउँ निको पार्ने धनबहादुरको मनमा गहिरो घाउँ भएर उनले मृत्युको बाटो रोजेको भन्ने सुन्दा पत्ताउन सकिरहेका छैनन् । पारिवारीक तनावका कारणले उनले त्यस्तो गरेका हुन् वा कारण अन्य केही छ त्यसमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार, श्रेष्ठको शव इन्द्रावती नदीमा डुबेको अवस्थामा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारी अनुसार श्रेष्ठको शवको पोष्टमार्डम गरिएको छ । प्रारम्भिक रिर्पोटमा शरिरमा त्यस्तो कुनै शंकास्पद चोट देखिएको छैन् । पूर्ण रिर्पोट भने केही दिनमा आउने छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले परिवारका अनुसार आइतबार (आज) साझँसम्ममा श्रेष्ठको अन्तिम संस्कार गरिने जानकारी दिएका छन् ।

सिन्धुपाल्चोको फटकशिला, भिमटार, सिपाघाट, नवलपुर, बाडेगाउ, भोटसिपा, ढाडखोला, काठमाडौंको नाङलेभार, पोखरी खालो, काभ्रेको चुरिथुम्का, रानिवन, गिधर्रे, सल्लेबास, देउपुरलगायतका स्थानमा उनको नाम चर्चित थियो ।
स्वास्थ्य क्षेत्रको पेशासंगै सामाजिक विकाशका काममा समेत श्रेष्ठको ठुलो योगदान रहेको छ ।