पहिलो पटक नेकपाको बागलुङमा यस्तो कार्यक्रम…

94

थम्मन थापा
कार्तिक २९,
बागलुङ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला संयन्त्र सदस्य फमलाल निउरेले नयॉ ढंगले राज्य पुर्नसंरचनाका गतिविधीहरुलाई अगाडी बढाउने क्रममा कैयौं कुराहरुमा तालमेल हुन नसक्दा र तीनै तहका सरकारले भनेंजस्ता कामहरु अगाडी बढाउन नसकेको बताउनु भएको छ । नेकपा युवा संघ ढोरपाटन नगरपालिकाले आयोजना गरेको वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै उहॉले यस्तो बताउनु भएको हो । अब विस्तारै सरकारले गति लिने निउरेको भनाई छ । जनताको पक्षमा काम गर्न संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै वर्तमान सरकारले जनता सामु चुनावमा बोलेका कुरा पुरा गर्दै जाने हुॅदा आम जनतालाई निराश नहुन निउरेले आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका ढोरपाटन नगर संयन्त्र सदस्य चन्द्र अर्याल, ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाली लगायतले मन्तव्य राख्नु भएको थियो । सो अवसरमा नेपाली कॉग्रेस पार्टी परित्याग गरि गिर बहादुर भण्डारी र सतिस कुमार सिंह पनि नेकपामा प्रवेश गरेका थिए ।

वनभोज कार्यक्रममा नेकपा पार्टी कार्यालय निर्माण सम्बन्धमा छलफल भएको थियो । भवन निर्माणर जग्गा खरिदको लागि ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले नगद रु ५ लाख, नेकपा ढोनपा संयन्त्र सदस्य चन्द्रलाल अर्यालले २ लाख रुपैया सहयोग गर्ने भएका छन् भने भिम बहादुर विश्वकर्माले ढोनपा वडा नम्बर १ मा ३ आना जग्गा, देव बहादुर विक र पुर्णप्रसाद सापकोटाले खप्तरिबाङमा रहेको ५ आना जग्गा दिने घोषणा गरेका छन । कार्यक्रमको अवसरमा ढोरपाटन नगरपालिकाका उपप्रमुख करमति पुन बामपन्थी नेता दधिराम अर्याल, बाबुराम नेपाली, नेकपा ढोनपा संयन्त्र सदस्यहरु चन्द्र अर्याल, लक्ष्मण पुन, टंक प्रसाद पौडेल, केशर बहादुर छन्त्याल, नेकपा महिला प्रतिनिधि लक्ष्मी बानियाँ, शिक्षक संगठन प्रतिनिधी झक प्रसाद केसी, दलित प्रतिनिधि नर बहादुर विक लगायतको विशेष आतिथ्यता रहेको थियो । २ पार्टी एकता पछिको खुसीयालीमा पहिलो पटक एक आपसमा खुसीयाली बॉडदै वनभोज आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टा नेकपाका युवा संघका कार्यक्रम संयोजक अमर लोपचनको अध्यक्षता, कार्यालय सचिव गोपाल महतको स्वागत र कमल भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।