सत्तारुढ दल नेकपाले पायो वैधानिकता

147

कात्तिक ९,
काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ दल ‘नेपाल कम्युनिष्ट पार्टी’ नेकपा लाई आधिकारिक रुपमा वैधानिकता दिएको छ । ऋषि कट्टेल समूहको नेपाल कम्युनिष्ट पार्टीले आफू आधिकारिक रहेको र सत्तारुढ दलले आफ्नो नाम कीर्ते गरेको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी गरेको थियो ।

दुई दलबीचको नामको आधिकारिताको विषयमा विवाद भएपछि आयोगले दुबै पक्षलाई बोलाएर छलफल शुरु गरेको थियो । आयोगले यसबारे शुक्रबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९ने क पा० लाई वैधानिक दिने निर्णय गरेको हो ।

यो विषयमा निर्णय गर्न प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको संलग्नतामा निर्वाचन इजलास गठन भएको थियो । उक्त इजलासले बहस सुनिसकेपछि ऐन, कानुन हेरेर तथा कानुनी परमर्श गरेर निर्णय गरेको हो ।

बहसमा सत्तारुढ नेकपाका तर्फबाट मुक्ति प्रधान र बाबुराम दाहाल सहभागी थिए भने ऋषि कट्टेल अध्यक्ष रहेको नेकपाबाट कट्टेल सहित दण्डपाणि पौडेल र लोकनारायण सुवेदी सहभागी थिए । ऋषि कट्टेल अध्यक्ष रहेको नेकपाले हालेको निवदेन खारेज भएको छ ।

गएको जेठ ३ गते पूर्व माओवादी र पूर्व एमालेबीच एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी र ऋषि कट्टेल समूहको नेपाल कम्युनिष्ट पार्टीबीच शुरुदेखि नै नाममा विवाद हुँदै आएको थियो ।

यद्यपि पार्टी एकीकरण भएर बनेको नेकपाले पार्टीको नामपछि कोष्टक चिन्हमा नेकपा राखेको छ । आयोगमा हालसम्म दर्ता भएका ८ कम्युनिष्ट पार्टीहरुले कोष्टकभित्र अर्को नाम राखेका छन् ।