नवनायीका एजिलाको ‘अनुराग’

102

असोज १३,
काठमाडौं । ऋषि धमलाले निर्माण गरेको चलचित्र अनुराग हिजो शुक्रबारदेखि प्रदर्शनमा आएको छ । यो चलचित्रमा एलिजा गौतम धमलाले मुख्य भुमिका निर्वाह गरेकी छिन् । चलचित्र अनुरागले दुई युवायुवतीको प्रेममा आउने विभिन्न उतावचढावलाई प्रस्तुत गरेको छ । सांगीतिक प्रेमकथामा आधारित चलचित्र अनुरागको छायांकन ललितपुर, काठमाडौं तथा बाहिरका केही जिल्लामा समेत गरिएको थियो । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवादको यो चलचित्रको कथा किरण दाहालले लेखेका हुन् ।