असोज १०,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता दाहालको उपचारका लागि बुधबार सिंगापुर जादैछन् । पत्नी सीता दाहालको फलोअप उपचारका लागि अध्यक्ष प्रचण्ड आज राती ९ बजे सिंगापुर जाने उनका प्रेस संयोजक विष्णु सापकोटाले बताए । प्रचण्ड यस अघि असार ४ गते पत्नी दाहालको उपचारका लागि सिंगापुर गएका थिए । त्यतिबेला अध्यक्ष प्रचण्ड झण्डै १५ दिन सिंगापुर बसेका थिए । सुगर, प्रेसर, कलोजोको समस्याबाट पीडित सीतालाई सिंगापुरस्थित माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गराइएको थियो । छोरा प्रकाशको असामयिक निधनपछि सीतामा स्वास्थ्य समस्याहरू बढेको पारिवारिक स्रोतको भनाइ छ । अहिले पनि सोही अस्पतालमा फलोअपका लागि जान लागेका हुन् । उपचारका लागि अध्यक्ष प्रचण्डका साथमा छोरी गंगा दाहाल र भतिज समिर दाहाल रहने छन् ।