कता जादैं छ हाम्रो समाजः एसिड आक्रमण र बलात्कार मात्र सुनिन्छ

280

-रशिला होमागाई
असोज ९,
काठमाडौ । पछिल्लो केही दिन यता नेपालमा महिला बिरुद्ध हुने अपराधका घटनामा वृद्धि भइरहेका छन् । राधधानी काठमाडौदेखि रुपन्देही, झापा, चितवन, हेटौँडा, सिरहा, सप्तरी, पोखरा र कञ्चनपुरलगायतका जिल्लामा बलात्कारका घटना दिन प्रतिदिन बढ्दै गएको छ । देशव्यापीरुपमा महिला तथा बालबालिकामाथि हिंसा र बलात्कारका घटना बढिरहँदासमेत सरकारले कुनै चासो नदिएको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेस र महिला अधिकारकर्मीहरुले आरोप लगाएका छन् । बोक्सीको आरोपमा महिलामाथि क्रूर यातना दिने, कुटपिट गर्ने र जिउँदै जलाउने र बलात्कार गर्ने, हत्या गर्ने र एसिड हान्ने काम भइरहेको छ । उता नवलपुरमा एक युवतीमाथि एसिड र छुरा प्रहार भएको छ । कावासोती नगरपालिका वडा नं ९ डण्डा बजारकी २७ वर्षीया बसन्ती परियार भरतपुर अस्पतालमा मृत्युसँग लडिरहेकी छन् । उनको अवस्था गम्भिर रहेको चिकित्सकहरुको भनाई रहेको छ ।

गत भदौं २७ गते तेजाब ( एसडि) आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ । उनको आइतबार राति कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चन्द्रपुर नगरपालिका ६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि गत भदौ २७ गते राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करिब ५० वर्षीय स्थानीय रामबाबु पासवानले तेजाब आक्रमण गरेको खुलेको छ । तेजाबले सम्झनाको अनुहारसहित शरिरको अधिकांश भाग जलेको थियो । उनकी बहिनी सुस्मिताको अवस्था भने खतरा मुक्त छ । सुस्मिताको कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ ।

केही महिना यता नेपालका मोफसलदेखि केन्द्रियसम्म सबै संञ्चार माध्यमहरुमा महिला हिंसाको घटनाहरु सार्वजनिक भइरहेका छन् । दैनिक दुई तीन बलात्कार, एसिड आक्रमण र हत्याका समाचारले अखबारका पानाहरु भरिन थालेका छन् । यस्ता गतिविधीले गर्दा हाम्रो समाजका रहेका एक अर्का व्यक्तिप्रति नै विश्वास घटन् थालेको छ । यो अवस्था आउनु पक्कैपनि सकारात्मक होइन यसले निकट भविष्यमा नै हाम्रो नेपाली समाज पतनको बाटोमा जाने निश्चित देखिन्छ । यस्ता अपराधीहरुलाई पक्राउन गरेर मात्र समस्या समाधन हुने भन्दा पनि कडा कानुनी कारवाही र जनचेतना फैलाउन जरुरी छ ।    तस्विरः गुगल