नयाँ प्रधानसेनापति नियुक्तिसगैं किन गए भारतीय राजदूत जंगी अड्डामा

116

भदौ २५, ।
काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासका राजदूत मञ्जिभसिंह पुरी र प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा बीच भेटवार्ता भएको छ । सोमबार उनीहरुबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । भेटघाटका क्रममा प्रधानसेनापति थापा र भारतीय राजदूतबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयहरुमा छलफल भएको बताइएको छ । थापा आइबार प्रधानसेनापति नियुक्त भएका थिए ।